मिस इजराइलसँग लिईएको सेल्फी कै कारण देश छोड्नुपर्यो मिस इराक साराले !

एजेन्सी, मिस यूनि‍भर्स प्रतियोगितामा मिस इराक सारा इदानलाई मिस इजरायल अदार गेंडल्‍समैनसँग सेल्फी लिनु महँगो परेको छ । यस सेल्फी पश्चात उनको परिवारलाई ज्यान मार्ने धम्कीहरु आउन थालेको छ । अनेक धम्कीहरु परिवारमाथि एकपछि अर्को गरेर आउन थालेपछि मिस इराकको परिवारले आफ्नो देश छोडेर गएका छन् ।

यस वर्ष १४ नवेम्बर कमिस यूनिभर्स-२०१७ प्रतियोगि‍ताको समयमा मिस इराक सारा इदानले मिस इजारायलसँग सेल्फी खिचेर आफ्नो इन्स्टाग्राम एकाउन्टमा अपलोड गरेकी थिइन्। साथै प्रतियोगि‍ताको लागि गराइएको बिकिनी शूटको बिषयलाई लिएर पनि उनलाई अनेक धम्कीहरु आएको थियो ।

अनेक धम्की पश्चात साराको परिवारले इराक छोडेर अमेरिका गएका छन् । उनीहरु अमेरिका गएको कारण तब थाहा भयो जब मिस इजरायल अदार गेंडल्‍समैनले हाडाशट (Hadashot) नामको एक न्यूज च्यानलसँगको एक अन्तर्वार्तामा सारा अमेरिका जानुको कारण बताएकी थिइन् ।

सारा इदानले यस पुरा घटनामा एक ट्वीट पनि गरेकी थिइन् जसमा उनले,’ म पहिलो र अन्तिम मानव होइन जसले व्यक्‍तिगत स्वतन्त्रताको उपयोग गर्न नपाएर यस्तो निर्णय लिनुपर्यो । लाखौं इराकी महिलाहरु यस प्रकारको डरमा जिउन बाध्य छन् । “

प्रकाशित : सोमबार, पुष १०, २०७४१५:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जुम्ल्याहा दाजुभाईको विवाह जुम्ल्याहा दिदि-बहिनिसँग: हेर्नुहोस भाइरल भिडियो!