भिखारीको खल्तीमा करोडपतिको कागज, खुल्यो यस्तो आश्चर्यलाग्दो रहस्य!

एजेन्सी, भारतको आधार कार्डमा बढ्दो राजनीतिक र उथल-पुथलको बीच एक आश्चर्यजनक समाचार उत्तर प्रदेशबाट खुलासा भएको छ । उत्तर प्रदेशको रायबरेली जिल्लामा रहेको लालपुर शहरमा बस्ने एक भिखारीबाट एक करोड भन्दा पनि अधिक मूल्यको फिक्स्ड डिपोजिट (एफडी) को कागजात र आधार कार्डसँगै समातिएको छ । भारतीय टीओआईको रिपोर्टअनुसार रायबरेली जिल्लाको लालपुर कस्बेमा भीख माग्ने यस वृद्धको पहिचान करोडपत‍िको रुपमा आएको छ ।

यी वृद्ध दयालु अवस्थामा भीख माग्दै एक कलेजमा पुगेका थिए । जब स्कूलको संस्थापकको नजर पर्यो तब उनले खाना खुवाएर नुहाउन लगाए । फेरि जब त्यस भिखारीको कपडाको खोजि गरियो तब उसको खल्तीबाट आधार कार्डको साथ एक करोड ६ लाख ९२ हजार ७ सय ३१ रुपैयाको फिक्स्ड डिपोजिट (एफडी) को कागजात बरामद भएको थियो । सबैभन्दा आश्चर्यको कुरा जसलाई सबैले भिखारी भनेका थिए वास्तबमा उनि तम‍िलनाडुको एक करोडपति व्यापारी हुन् । जब यो समाचार उनको परिवारजनले पाए तब उनलाई लिनको लागि उनको परिवार प्लेनमा आएका थिए ।

रिपोर्टको अनुसार १३ डिसेम्बरको दिन यी वृद्ध दयाजनक अवस्थामा कलेज पुगे र आफू भोको भएको इशारा गर्न थाले । त्यहाँको मास्टरले उनको संकेत बुझेर उनलाई म‍िठाई र खाना खुवाएका थिए । जब उसको हालत सामान्य भए तब उनको कपाल कटाएर नुहाईदियो र लुगा लगाईदियो। जब उसको कपडा धुनको लागि खोजि गरियो तब उनको कपडाको खल्तीमा भएको कागजातले सबैको होस उडेको थियो । कागजात भएको उनको घरमा फोन गरेपछि उनको उद्दार भएको थियो । उक्त व्यक्तिको नाम मुथया नादर हो । रिपोर्ट अनुसार उनको छोरि गीता जुलाईमा ट्रेन यात्रा गर्दाको समयमा मुथया हराएका थिए । करिब ५-६ महिनाको लामो समयपछि उनि भेटिएकोमा उनको परिवार निकै खुशी भएका छन् र सबै मिडियालाई धन्यवाद पनि दिएका छन् ।

प्रकाशित : आइतबार, पुष ०९, २०७४१८:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मिस इजराइलसँग लिईएको सेल्फी कै कारण देश छोड्नुपर्यो मिस इराक साराले !