धर्तीमा एलियन्स आउने पेन्टागनका पूर्व अधिकारीको यस्तो दाबी !

एजेन्सी, पेन्टागनको पूर्व अधिकारका अनुसार हाम्रो धर्तिको अलावा पनि दोस्रो ग्रहमा जीवनको अस्तित्व रहेको कुराको पर्याप्त प्रमाण रहेको बताएका छन्।  र एलियन हाम्रो धर्तिमा आउने जाने गरी रहन्छन् । पेन्टागनको सीक्रेट यूएफओ-हन्टिंग ब्यूरोको पूर्व चीफ लुईस इलिजोडो भन्छन्,’हामी यो संसारमा सम्भवत एक्लै छैनौ भन्ने विस्वास ममा रहेको छ ।’ लुईस इलिजोंडोको यो बयान यूएस फाइटर पाइलटको २०१४ को भिडियो सार्वजनिक गरिए पश्चात आएको छ । भिडियोमा पाइलट क्यालीफोर्नियाबाट टाढा आकाशमा अज्ञात चीजलाई उडेको देखेर आश्चर्यमा परेको देखिएका छन् ।

पेन्टागनको यूएफओ प्रोग्रामसँग सम्बन्धित पूर्व अधिकारी लुईस इलिजोडोले “सीएनएन” सँगको अन्तर्वातामा हामी यो संसारमा एक्लै छैनौ अन्य जीवन पनि अवस्थित रहेको बताएका छन् । इलिजोडोले न्यूयोर्क टाइम्ससँग भने उनले एलियन हमलाबाट सुरक्षाको लागि चलिरहेको प्रोग्रामलाई बन्द गरिएको हुनाले यसको विरोधमा रक्षा विभागसँग इस्तीफा दिएको बताएका छन् । यस प्रोग्रामलाई २०१२ मा अनावश्यक खर्चको बिषय भनि आन्तरिकरुपमा विरोध गरेपछि बन्द गरिएको थियो । एलियन्सको यो उडान ‘एयरोडाइनेमिक्स’ को नियम विरुद्ध उडान गर्ने गरेको पेन्टागनको पूर्व अधिकारीले बताएका छन् ।

 

प्रकाशित : शुक्रबार, पुष ०७, २०७४१४:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एशियाकै सबैभन्दा ठुलो ‘रेड लाइट एरिया’ जहाँ जन्मने बितिकैको बालिकाको यस्तो हुन्छ जिन्दगी