साउदीका यी युवराजले किने संसारकै सबैभन्दा महँगो घर, यस्तो छ घरको विशेषता!

एजेन्सी, साउदीको युवराज मोहम्मद बिन सलमानले संसारको सबैभन्दा महँगो घर किनेका छन् । हालैमा साउदीको राजकुमारले आफ्नो भाईहरु र परिवारको अन्य सदस्यलाई ‘भ्रष्टाचार विरोधी’ अभियानको तहत नजरबन्द गरेका थिए । साउदीको ३२ वर्षीय युवराजले गुपचुप तरिकाले दुनियाको सबैभन्दा महँगो घर किनेका छन् । साउदीको युवराज मोहम्मद बिन सलमानले फ्रान्समा बनेको एक महल किनेका छन्।  जसको मुल्य ३० करोड डलर यानी २ हजार २ सय २२ करोड रुपैया हो ।

मीडिया रिपोर्टअनुसार यो महल लुविजियन्सको वरसाइलमा रहेको छ । यस घरलाई एमद खशोगीले बनाएका हुन् जो आर्म्स डीलर अदनान खशोगीको भतिज हुन् । खशोगीले १९ औ शताब्दीमा एक महललाई तोडेर त्यसको ठाँउमा नयाँ महल बनाएका थिए । यस महलको बिशेषता भनेकै यसमा जडान गरिएको प्रविधि हो । खबरअनुसार महलमा भएको फाउन्टेन, लाइटस, हावा र साउन्डलाई दुनियाँको कुनैपनि ठाउँबाट एक आईफोनको माध्यमबाट अन गर्न सकिन्छ ।

यो महलभन्दा पहिले युवराजले लियोनार्दो दा विंचीको ‘सल्वातोर मुंडी नामको पेंटिंगलाई ४५ करोड डलरमा किनेका थिए । साउदीको युवराजसँग ४ सय ४० फिटको जहाज पनि रहेको छ । जसको मुल्य महलभन्दा पनि धेरै रहेको छ । दुई पूल र एक हेलिप्याड भएको जहाजको मुल्य ४९.४ करोड डलर छ । त्यति मात्र नभएर युवराजको पेरिसबाट १ घण्टाको दूरीमा ६ सय २० एकडको स्टेट पनि रहेको छ ।

 

प्रकाशित : मङ्गलबार, पुष ०४, २०७४१४:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सगरमाथा भन्दा पनि लामो लम्बाई भएको यो विवाह पोशाकले राख्यो गिनीज बुकमा नाम!