तपाईसँग भएको रुद्राक्ष सक्कली कि नक्कली ? यस्तो छ चिन्ने उपाय!

धार्मिक शास्त्रअनुसार रुद्राक्ष भगवान शिवको आशु मानिन्छ । भगवान शिव आफ्नो मनलाई बशमा राखेर संसारको कल्याणको लागि सय वर्षभन्दा बढी ध्यानमा बस्नु भएको थियो तर एक दिन ध्यानमा बस्दा-बस्दै उनको मन दुखि हुन पुग्यो। र जब उनले आफ्नो आखा खोले तब उनको आखाबाट आशुको एक थोपा धर्तिमा झर्यो र त्यो आशु रुद्राक्ष नामको एक बिरुवामा परिणत भयो । शिव दुखित भएको बेलामा उक्त रुद्राक्ष उत्पन्न भएको हुनाले यसलाई पहिरन गरे भगवान शिव-पार्वतीलाई प्रसन्न गर्न सकिने मान्यता रहेको छ । यसै बिजमा एक अनौठो स्पन्दन पाईएको छ जसले साधकको लागि सुरक्षा कवचको रुपमा काम गर्ने गर्दछ ।

रुद्राक्षको रुख बिशेष गरि हिमाली क्षेत्र र नेपालमा अधिक रुपमा पाइने गर्दछ । र यसको हिन्दु धर्ममा निकै बिशेष महत्व रहेको छ । यसलाई पूजा पनि गर्ने गरिन्छ र शुद्धताको प्रतिक मान्ने गरिन्छ । रुद्राक्षको माग हाल अन्तरास्ट्रिय बजारमा पनि बढ्दो  रहेको छ । धेरै माग नक्कली सामान हुन्छ भने झैँ यसको पनि नक्कली रुद्राक्ष बजारमा आएको छ । जसलाई चिन्न नसकेर ब्यापारीले नक्कलीलाई पनि सक्कली भनेर सोजालाई ठग्ने गरेका छन् । रुद्राक्षलाई सक्कली या नक्कली यी उपाय बाट चिन्न सकिन्छ ।

सर्वप्रथम कुनै भाडोमा पानी राख्नुहोस् र त्यस पानि भएको भाडोमा एक रुद्राक्ष राख्नुहोस् । त्यसपछि रुद्राक्ष आफै घडीको दिशामा घुम्न थाल्दछ र यदि हलचल नगरि रुद्राक्ष सिधै डुब्छ भने उक्त रुद्राक्ष नक्कली रहेको बुझ्नुपर्छ । रुद्राक्षको यस बिशेषताले पानीको गुणस्तरता पनि जाच्न मिल्दछ । जब रुद्राक्षलाई पानिमा राखिन्छ यो उत्तरबाट दक्षिण दिशामा घुम्दैन भने उक्त पानी पिउन लायक हुन्छ र यदि पानिले असर गर्नेछ भने यो उत्तरतर्फ अर्थात् घडीको उल्टो दिशा तर्फ घुम्न थाल्छ । रुद्राक्षको लौकिक जीवनमा अझै धेरै उपयोगी हुनुको साथै सामान्य मानिसहरुको लागि पनि यो निकै लाभ दायक रहेको छ । नकारात्मक ऊर्जाबाट बाच्नको लागि र सधै उन्नतिको बिषयमा पनि रुद्राक्षले महत्वपूर्ण भूमिका निभाउन सक्छ ।

प्रकाशित : मङ्गलबार, पुष ०४, २०७४१३:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी गायिकालाई सरकारले दियो २ वर्षको जेल सजाय, यस्तो छ कारण!