वास्तुशास्त्रअनुसार घरमा गणेशको यस्तो मूर्ति राखे चम्किन्छ भाग्य !

एजेन्सी, भगवान गणेशलाई विघ्नहर्ता भन्ने गरिन्छ । र कुनैपनि शुभ कार्य गर्नुअघि भगवान गणेशको पूजा गर्नु जरुरी रहेको छ र गर्ने गरिन्छ । शास्त्र अनुसार भगवान गणेशको हरेक रूप शुभ र मंगलकारी मानिन्छ साथै वास्तुशास्त्र अनुसार पनि गणेशको मूर्तिलाई घरमा राख्नाले निकै शुभ मानिने गरिन्छ । भगवान गणेशको मूर्ति घरको मुख्यद्वारमा लगाउने परम्परा रहेको छ ।

यस्तै आँप, पीपल र नीमबाट बनेको गणेशको मूर्त‌ि घरको मुख्यद्वारमा लगाउनु पर्दछ । यसबाट घरमा सकारात्मक उर्जा आउने गर्दछ, जसलाई धन र सुखमा वृद्ध‌ि कारकको रुपमा मानिन्छ ।

आइतबार या पुष्य नक्षत्रमा श्वेतार्क गणेशको मूर्ति घरमा ल्याएर नियमित पूजा गरे गणेशको मूर्त‌िले धन र शान्ति प्रदान गर्ने बताईएको छ । क्र‌िस्टलले बनेको गणेशको मूर्त‌िले वास्तु दोषलाई टाढा राख्नको लागी बिशेष भूमिका रहेको मानिएको छ ।

गणेशको साथै क्र‌िस्टलकी लक्ष्मीको पूजाले घरमा धन र सौभाग्य भित्रिने विश्वास रहेको छ । बेसारबाट गणेशको मूर्त‌ि बनाएर घरमा राखे निकै नै शुभ र सुखदायक मानिन्छ भने गाई र गोबरबाट बनेको गणेशको मूर्त‌ि धन वृद्ध‌िकारक मानिएको छ ।

प्रकाशित : आइतबार, पुष ०२, २०७४१२:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

१२ वर्षपछि भोलि पुष अमावस्यामा बन्दैछ दुर्लभ संयोग, यस्ता व्यक्तिलाई हुनेछ फाइदा!