एन्जिलिना जोली झैँ बन्ने चक्करमा यी फ्यानको भयो यस्तो हालत, खुल्यो यस्तो रहस्य !

एजेन्सी, हलिउडकी प्रख्यात अभिनेत्री एन्जिलिना जोलीलाई नचिन्ने सायदै कमै होलान । हलिउडमा चर्चित अभिनेत्रीको लाखौ-करोडौं फ्यान हुनु सामान्य नै मानिन्छ । तर यिनको फ्यान लिस्टमा यस्ता फ्यान पनि छन् जो उनको लागि कुनै पनि हदसम्म जानको लागि तयार हुन्छन् । यस्तै उनको एक १९ बर्षिय महिला फ्यान छिन् । जसले पागलपनको सबै हद पार गरिसकेकी छिन् । तपाईले यस महिलालाई देख्नुभयो भने तपाई आफैले बुझ्नुहुन्छ कि यिनी कुन हदसम्म गईसकेकी छिन् । सहर ताबर नाम गरेकी १९ बर्षिय महिलाले एन्जिलिना जोली जस्तै बन्ने चाहनामा उनले धेरै नै कार्य गरेकी छिन् । जसको रिजल्ट भने फेल भएको छ  ।

सहर ताबरले ५० पटक आफ्नो अनुहारको सर्जरी गराएकी छिन् जसको कारणले उनि लाइमलाइटमा आएकी छिन् ।
सहर आफुलाई एन्जिलिनाको सबैभन्दा ठुलो फ्यान बताउछिन् । उनि भन्छिन “आफ्नो मनपर्ने अभिनेत्री जस्तो देखिन म कुनै पनि हदसम्म जान सक्छु ।” एन्जिलिना जस्तो देखिन उनले अधिक समयको लागि डाइटिंग पनि गरेकी थिइन् । जसले गर्दा उनको तौल निकै घटेको छ । उनि आफ्नो तौल ४० किलो भन्दा धेरै चाहदिनन् ।

प्रकाशित : मङ्गलबार, मङि्सर १९, २०७४१५:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

के तपाई धनको हानिबाट बच्न चाँहनुहुन्छ ? थाँहा पाउनुहोस् खानपानसँग जोडिएको यस्तो अनौठो राज