पौष महिनाको महत्व, वर्त र एकादशी यस्तो छ !

एजेन्सी, हिन्दू पंचागअनुसार हरेक महिनाको भिन्दा-भिन्दै विशेषता रहेको हुन्छ र हरेक महिना कुनै न कुनै देवी- देवताको बिशेष पूजा-अर्चनाको लागि हुने गर्दछ । पौष मासमा सूर्यको उपासनाको विशेष महत्व मानिन्छ । जुन महिनामा पूर्णिमाको दिन चन्द्रमा नक्षत्रमा हुन्छ त्यस महिनाको नाम त्यहिं नक्षत्रको आधारमा राखिएको हुन्छ । पौष मासको पूर्णिमा चन्द्रमा पुष्य नक्षत्रमा रहन्छ । त्यसैले यस महिनालाई पौष महिना भनिन्छ । पौष महिनाको महत्व र व्रतको बारेमा धार्मिक आस्था यस प्रकार रहेको छ ।

पौराणिक ग्रन्थको मान्यता अनुसार पौष महिनामा सूर्य देवको उपासना उनको भग नामबाट गर्नु पर्दछ । पौष मासको भग नाम सूर्यको भगवानको स्वरूप मानिन्छ । पौष मासमा सूर्यलाई अर्घ दिने र उनको उपवास राख्ने छुट्टै बिशेषता मानिएको छ । यो महिनामा प्रत्येक आइतबार व्रत राख्ने र तिल, चामलको खिचडी भोग लगाउनाले मनुष्य तेजस्वी बन्ने बिश्वास रहेको छ । पौषको पूरा महीना धार्मिक दृष्टिकोणबाट निकै महत्वपूर्ण मानिएको छ । यस महिना २ एकादशी रहेको छ । पहिले कृष्ण पक्षको सफला एकादशी र अर्को शुक्ल पक्षको पुत्रदा एकादशी रहेको छ । पौष अमावस्या र पौष पूर्णिमाको पनि अधिक महत्व मानिएको छ । यो दिन पितृदोष, कालसर्प दोषबाट मुक्ति पाउनका लागि यस दिन वर्त र बिशेष पूजा अर्चना गरिन्छ ।

प्रकाशित : सोमबार, मङि्सर १८, २०७४११:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शनि ग्रहको अस्त: यी ४ राशि हुनेहरुको शुरु भयो शुभ दिन !