चुनावी प्रचारप्रसार गर्न पूर्वमन्त्री लेखक दोधारा चाँदनीमा

[sharethis-inline-buttons]
Leaderboard Banner

कञ्चनपुर । नेपाली काँग्रेसका उम्मेदवार तथा पूर्वमन्त्री रमेश लेखकले दोधारा चाँदनीमा दोस्रो चरणको चुनावी प्रचार कार्यक्रम शुरु गर्नुभएको छ । भीमदत्त नगरपालिकामा पहिलो चरणको घरदैलो पूरा गरी नेता लेखक मंगलबार प्रचारमा निस्कनुभएको हो । लेखकले दुई दिनसम्म दोधारा चाँदनी क्षेत्रमा प्रचार गर्ने काँग्रेसका क्षेत्रीय प्रवक्ता अफिलाल जोशीले बताउनुभयो ।

लेखकले साविक चाँदनीमा वडा र टोलस्तरीय चुनावी सभालाई सम्बोधन गर्नुभएको छ । उहाँले लोकतन्त्रको रक्षा र विकासका लागि आफूलाई जिताउन आग्रह गर्नुभएको छ ।

महाकालीमा पक्की पुल र सुख्खा बन्दरगाहलाई चुनावी एजेण्डा बनाउनु भएका लेखकले पुल निर्माण, दोधारा प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ श्ययाको अस्पताललगायतका एजेण्डा अघि सार्नुभएको छ । प्रदेशसभा सदस्य उम्मेदवार बेलबहादुर रानासहित लेखकले मतदातासँग भोट माग्नुभएको छ ।

यसअघि लेखकले महाकाली नगरपालिका सबै वडामा घरदैलो गर्नुभएको थियो । कञ्चनपुर क्षेत्र नं ३ को जितमा दोधारा चाँदनीको मत निर्णायक हुने भएकाले लेखक यहाँका मत तान्न लागि पर्नुभएको छ । स्थानीय तह निर्वाचन परिणामअनुसार काँग्रेस चाँदनी र एमाले दोधारामा बलियो छ ।

वाम गठबन्धन बनेपछि महाकालीमा काँग्रेस र गठबन्धन दुवैले जितेका वडा बराबरीमा पुगेका छन् । दोधारा चाँदनीमा २२ हजार मतदाता छन् । दोधारा चाँदनीबाट काँग्रेस र गठबन्धन दुवैका प्रदेशसभामा उम्मेदवार भएकाले विगतजस्तो मत नतिजा नआउने स्थानीयवासी बताउँछन् ।

निर्वाचन क्षेत्र नं ३ मा बेदकोट नगरपालिका–८ सहित भीमदत्तका १९ र महाकाली नगरपालिका १० वडा पर्छन् । क्षेत्र नं ३ मा ९२ हजार मतदाता छन् ।

प्रकाशित : बुधबार, मङि्सर १३, २०७४०९:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गगन थापाको निर्वाचन क्षेत्रमा सवै भन्दा धेरै बजेट, कुन शिर्षकमा कति ? बिस्तृतमा