वास्तुशास्त्र अनुसार यी ४ उपायले तपाईलाई आर्थिक समस्याबाट मिल्छ छुट्कारा !

आर्थिक स्थितिलाई सुधार गर्नका लागि पूजा-पाठ र मनोकांक्षा मात्र काफी हुदैन । भएको धनलाई जोगाउनु पनि जरुरी रहेको हुन्छ । धेरै पटक लाखौ कोशिसको बावजूद पनि पैसा बचाउन सकिदैन । केही न केहीको कारणले आर्थिक स्थिति  बिग्रिने गर्दछ।  तपाइलाई पनि  प्राय: यस्तो भईराख्छ भने यसको समाधानको लागि वास्तुशास्‍त्रमा कुनै यस्तो उपाय बताईएको छ जसबाट तपाई सानो-सानो आर्थिक नोक्सानीबाट बच्न सक्नुहुन्छ । बिधि यस्ता रहेका छन् ।

१. जुन ठाउँ या वस्तुमा तपाई आफ्नो पैसा राख्नुहुन्छ । उक्त वस्तुलाई कहिले पनि दक्षिणको भित्तामा टासेर मुख चाही उत्तर दिशा तर्फ फर्काएर नराख्नु होस् । चाहे तिजोरी होस् या अलमारी पूर्व दिशातर्फ अल्मारीको मुख फर्किए धन वृद्धि हुनेछ। तर उत्तर दिशा अझ उत्तम मानीएको छ ।

२. पानीको धाराबाट पानी थोपा-थोपा गर्दै झरीरहनु वास्तुशास्त्रमा आर्थिक नोक्सानको ठुलो कारण मानिएको छ। जसलाई धेरै व्यक्तिहरुले ध्यान दिने गरेका हुदैनन् । वास्तुको नियमअनुसार धारामा पानी टप-टप खसी रहनु धन खर्च हुनुको संकेत मानिन्छ । त्यसैले धारामा खराबी आएदेखि तुरुन्तै बनाउनु पर्दछ ।

३. आफ्नो बेडरूमको प्रवेशद्वारको अगाडिको भित्ताको  बायाँ कुनामा कुनैपनि धातुको वस्तु झुन्ड्याउनु हुदैन । वास्तुशास्त्र अनुसार यो स्थान भाग्य र सम्पतिको क्षेत्र हुने गर्दछ । यदि यस दिशाको भित्तामा कुनै समस्या भए त्यसको मर्मत गरिहाल्न जरुरी रहेको छ । उक्त भित्ता, चर्किएको, फुटेको हुनु पनि आर्थिक नोक्सानीको मुख्य कारण हुनसक्छ ।

४. हामीले सबैभन्दा ध्यान नदिने कुरा भनेको हाम्रो घरको पानि कुन दिशा तर्फ निकासा भईरहेको छ । वास्तुशास्‍त्र अनुसार जलको निकासाले धेरै चिजलाई प्रभावित गरेको हुन्छ । जसको घरमा जलको निकासा दक्षिण या पश्चिम दिशामा हुन्छ उनीहरुलाई आर्थिक समस्याको साथै अन्य धेरैथरिका समस्याहरुको सामना गर्नु पर्दछ । यदि पानिको निकासा उत्तर दिशा एवंम् पूर्व दिशामा भए आर्थिक दृष्टिबाट शुभ मानिएको छ ।

प्रकाशित : सोमबार, मङि्सर ११, २०७४१६:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

घरको यस्तो ठाउँमा नकारात्मक शक्तिको बास हुने !