१०० ओटा भन्दा धेरै डरलाग्दो (हरर) चलचित्र हेर्ने अचम्मको कुकुर!

एजेन्सी, संसार बिचित्रको छ भने झैँ अब मानिसहरुले मात्र नभईकन जनावरले पनि चलचित्र हेर्न थालेको छ । आश्चर्य लाग्न सक्छ तर यो घटना सत्य हो । अमेरिकामा रहेको यो कुकरको अचम्मको शोख रहेको छ । कुकुरलाई बन्द कोठामा चलचित्र हेर्ने निकै इच्छा रहेको छ । त्यति मात्र नभईकन चलचित्रमा पनि कुकुर हरर (डरलाग्दो फिल्म) फिल्म हेर्न अत्यधिक रुचाउने गर्दछ । उक्त कुकुर बुलडगँ प्रजातिको रहेको छ ।

यो कुकुरलाई चलचित्र हेर्ने यस्तो बानि परेको छ कि एक दिन हेर्न न पाए कुकुर छटपटिन्छ । सबैभन्दा अचम्मको कुरा यो कुकुर चलचित्र एक्लै हेर्न बढी रुचाउँछ । र हालसम्म यो कुकुरले १०० ओटा भन्दा धेरै चलचित्र हेरीसकेको छ । हरर हेर्ने यो कुकुर जब चलचित्रमा डरलाग्ने सिन् आउछ तब भुक्न थाल्दछ । यो कुनै नर्मल कुकुर होइन भनेर यसको व्यवहारबाट अनुमान गर्न सकिन्छ ।

प्रकाशित : शुक्रबार, मङि्सर ०१, २०७४१०:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी जोडीले अन्टार्कटिकामा बिहे गरेर राखे विश्व किर्तिमान !