यी व्यक्ति जसले रोबर्ट म्यान नामले राखे विश्व रेकर्ड, यस्तो छ उनको खुबी!

एजेन्सी, संसार बिचित्र छ भने झैँ हरेक मानिसहरुमा विभिन्न प्रकारका  खुबीहरु रहेको छ । हालैमात्र भारतको हरियाणा शहरका राममेहर पूनिया नाम गरेका एक व्यक्तिले नयाँ रेकर्ड राखेका छन् । शरीरको लचिलो पनको कारणले उनलाई रोबर्ट म्यान पनि भनेर बोलाइने गरिन्छ । उनले आफ्नो प्राकृतिक  प्रतिभा र लचिलो शरीरको कारणले गिनिज बुक अफ वोर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल भएका छन् । ३७ वर्षको राममेहर पूनिया आफ्नो एक पट्टिको काधलाई अर्को पट्टिको काधमा जोड्न सक्ने, देब्रे हातलाइ आफ्नो घाटीबाट घुमाएर देब्रे कान समात्न सक्ने जस्तो खुबी भएको पूनियाले भन्छन् “५ कक्षामा पढ्ने बेलामा उनको मास्टरले संसारमा एक यस्तो किताब छ जसमा वोर्ल्ड रेकर्ड दर्ता गरिन्छ ।”

 

त्यहि दिन देखि आफुले पनि उक्त किताबमा नाम लेखाउने प्रण लिएका राममेहरले ३ वर्षको कडा मिहिनेत पछि आफ्नो शरीरलाइ लचिलो बनाउन सकेका थिए । आफ्नो कला उनि जब देखाउन सुरु गर्थे  तब हेर्नेको भिड लाग्थ्यो । यसरि आफू दुनिया सामु आएको र अन्तमा गिनिज बुक अफ वोर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गर्न पाएकाले उनि निकै खुशी रहेका छन् ।

उनले अन्य पनि रेकर्ड राखेका छन् । सबै भन्दा पहिले उनले एक मिनेटमा ४१ सीडी फुटाएर २०११ मा रेकर्ड राखेका थिए भने त्यस पछि प्रीति जिन्त्ताको कार्यक्रममा ६० वोटा सीडी फुटाएर आफ्नै रेकर्ड तोडेर नयाँ रेकर्ड बनाएका थिए ।

प्रकाशित : शुक्रबार, मङि्सर ०१, २०७४१६:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी युवतीको तस्वीर के कारणले भइरहेछ भाइरल, यस्तो छ रहस्य !