आखिर किन उल्टो झुन्डिएर बस्छ चमेरो ? यस्तो रहेछ रहस्य!

एजेन्सी, उल्टो झुन्डिएर बस्ने प्राणीको नाम चमेरो हो भनेर सामान्यतया सबैलाई थाहा नै छ  । झुण्डीरहने भएर चमेरोले सजिलैसँग उडान लिन सक्छ । चमेरोले अन्य पन्क्षिहरु जस्तो जमिनबाट उड्न सक्दैन । प्वाखले भरपुर उठान दिन नसक्ने भएकोले जमिनबाट उड्न चमेरोलाई निकै गार्हो  हुन्छ । साथै चमेरोको पछाडिको खुट्टा छोटो र अविकसित हुने गर्दछ । जसले गर्दा दौडेर गति लिन सक्दैन । सामान्यतया चमेरोहरु दिउसोभरि आराम गर्ने गर्छन र रातिको समयमा भोजनको तलासमा हिड्ने गर्छन् ।

यो एक मात्र स्तनधारी प्राणि हो जुन उड्न सक्छ । चमेरोको पनि करीब १,००० प्रजाति रहेका छन् । यो प्राणीले किरा, माकुरा, फल, माछा र  जनावरको रगत खाने गर्दछन् । चमेरो २० वर्ष भन्दा धेरै बाच्ने गर्दछ । चमेरोको प्रजाति मध्ये  पेटेरपस चमेरो सबैभन्दा ठुलो हुन्छ । चमेरोको सबैभन्दा ठुलो गुफा टेक्सासमा रहेको छ । जहाँ करिब २ करोड भन्दा धेरै चमेरो रहेका छन्।

प्रकाशित : बिहिबार, कार्तिक ३०, २०७४२३:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

१०० ओटा भन्दा धेरै डरलाग्दो (हरर) चलचित्र हेर्ने अचम्मको कुकुर!