विश्वको पहिलो डिजिटल औषधि अनुमोदित, यस्तो छ यसको महत्व !

एजेन्सी, बिज्ञान र प्रविधिले आकाश छुदै छ भने झैँ अब औषधि पनि डिजिटल भएको छ । संसारमै पहिलोपटक फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन (FDA) ले एक यस्तो औषधिलाई अवकाश दिएको छ जसमा सेन्सर लगाईएको छ । अमेरिकामा पहिलो पटक एक डिजिटल पिल जसमा सेन्सर जडान गरिएको हुन्छ उक्त औषधिलाई मान्यता दिईएको छ । उक्त डिभाइसबाट डाक्टरहरुले सजिलैसँग आफ्नो बिरामीहरुले औषधि खाए या खाएनन् भन्ने कुराको पत्ता लगाउन सक्छन् । वास्तबमा बिरामीहरुको रोगको आधारमा भिन्दा-भिन्दै औषधि, र एकै रोग भएकालाई पनि भिन्दा-भिन्दै तालिका- मात्रामा औषधि दिईने गरिन्छ । तर कतिपय बिरामीहरुले समयमा सहि मात्रामा औषधि नलिदा समस्या बढ्ने गरेको हुन्छ । सोमबारको दिन फूड एण्ड ड्रग ऐडमिनिस्ट्रेशनले उक्त डिभाइसमा सील लगाएका छन् ।

यो डिजिटल डिभाइसले बढ्दो आधुनिकीकरणलाई झल्काउछ । यो डिभाइसको माध्यमबाट आफ्नो बिरामीले औषधि लिए या लिएनन्, कति मात्रामा लिए सबै थाहा पाउन सकिन्छ । यूनिभर्सिटी अफ पिट्सबर्ग मेडिकल सेन्टरका हेल्थ प्लान डिविजनको चीफ मेडिकल अफिसर डा. विलियम श्रैंक भन्छन् “हरेक बिरामीको अवस्था हेरेर औषधि लिनको लागि सुझाव दिने गरिन्छ। तर बिरामीले समयमा औषधि नलिदा झन् समस्या बढ्ने भएकोले निगरानी राख्नका लागि उक्त डिभाइसले मद्दत गर्नेछ । “

 

प्रकाशित : बुधबार, कार्तिक २९, २०७४१३:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चीन एलियनसँग सम्पर्क गर्न सक्ने विश्वकै पहिलो देश बन्न सक्ने !