साँझपख झुक्किएर पनि नगर्नु होस् यस्ता कार्यहरु……धेरै नोक्सान बेहोर्नु पर्ने हुन् सक्छ !

दिन सकिएर घाम डुबे पछिको समयलाई सामान्यतया साँझपख भन्ने गरिन्छ। हिन्दु धर्मका अनुसार साँझको समयमा धनकी देवी लक्ष्मी घर वरी-परि परिक्रमा गर्ने हुँदा तपाई साझमा संयमित हुनु पर्ने धर्म ग्रन्थहरु बताउछन। विभिन्न कार्यकरु गर्नको लागि साझ शुभ मानिने गरिन्छ भने केहि कार्यहरु साझ गर्दा विभिन्न नोक्सान बेहोर्नु पर्ने हुन सक्छ।

साँझको समयमा कुचो लगाउनुलाई एकदमै अशुभ मानिन्छ। साँझको समयमा कुचो लगाउँदा घर भित्रको सकारात्मक उर्जा बाहिर जाने र नकारात्मक उर्जा भित्र प्रवेस गर्ने हुँदा अशुभ मानिने गरिन्छ। कसैको निन्दा गर्नको लागि पनि साझ नहुने धर्म शास्त्र बताउछ। साझको बेला खान खानु पनि खसै शुभ नहुने प्रचलन रही आएको छ।
क्रोधलाई मानवको सबैभन्दा ठूलो दुश्मन मानिने गरिन्छ भने साझको बेला शान्त रहनु पर्ने साथै साझ क्रोध बाट टाढा रहेमा तपाई माथि लक्ष्मीको कृपा हुने विस्वास गरिन्छ।

यदी तपाईको घरमा तुलसीको मोठ छ भने साझ तुलसीको पत्ता नटिप्नु होला। साँझको समयमा तुलसीको मोठमा दीप प्रज्वल्लन गर्दा लक्ष्मीका साथै सुख-संवृद्धि तपाईको घरमा प्रवेश गर्ने जन-विश्वास रही आएको छ।

हिन्दू धर्मका अनुसार साँझपख भगवानको पुजा आरधनाको लागि निर्धारित गरिएको समय भएका कारण साझ कुनै पनि अनैतिक कार्यहरु गर्न नहुने विश्वास रही आएको छ। साझको समयमा पठन पाठन भन्दा धर्म ग्रन्थको वाचन उत्तम हुने हिन्दु ग्रन्थमा उल्लेख पाइन्छ। पठन पाठन गर्नको लागि बिहानको समय अतिनै उत्तम मानिन्छ।

यी कार्य हरुको अलावा साझपख शारीरिक सम्बन्ध राख्नको लागि एकदमै निन्दनीय समय हो भनेर धार्मिक गुरुहरु बताउने गर्छन।

प्रकाशित : मङ्गलबार, कार्तिक २८, २०७४१४:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

के तपाई फ्ल्याट लिदै हुनुन्छ ? यदी छ भने जानिराखौ वास्तुशास्त्रको नियम !