तपाईको घरको नम्बर तपाईको लागी लक्की छ कि छैन? यस्तो भन्छ अंक शास्त्र!

घरलाई शान्तिको थलो मानिन्छ । बाहिर अनेक दुखका साथ काम गरेपनि बेलुका घर आए पछि भने आत्म सन्तुष्टि   अर्थात् शान्तिको अनुभव हुने गर्दछ । तर कसैलाई भने घर आउनै मन नलाग्ने, घरमा आउने बित्तिकै अनौठो महसुस हुने, मनमा अनेक कुरा खेल्नुको साथै नकारात्मक सोच पैदा हुन्छ । अंकशास्‍त्र अनुसार यसको कारण तपाईको घरको नम्बर पनि हुन सक्छ । घरको नम्बरले पनि व्यक्ति माथि सकारात्मक र नकारात्मक प्रभाव पर्ने गर्दछ । यदि तपाइको घरको नम्बर तपाइको भाग्यांक र मूलांकसँग मिल्छ भने त्यस्तो घरले तपाइलाई उर्जा दिन्छ । यस्तो घरमा आउन तपाईलाई दिक्क होइन उत्साहित महसूस गर्नु हुनेछ। हरेक क्षेत्रमा सफलता हासिल हुनेछ । यहि घरको नम्बर आफ्नो भाग्यांक र मूलांकसँग नमिल्नाले परिणाम पनि बिपरित हुनेछ ।


यदि तपाईको घर नम्बर अंकशास्त्र अनुसार १ छ भने उक्त घरमा सुर्यको प्रभाव रहेको हुन्छ । जो व्यक्ति यस्तो घरमा बस्छन उक्त व्यक्तिलाई सधै नयाँ-नयाँ काम गर्ने विचार आउँदछ । यस्तो घरमा बस्ने व्यक्ति कसैमा पनि निर्भर रहन मनपराउदैनन् र आफ्नो मिहिनेतबाट नै सबै कुरा हासिल गर्न चाहन्छन् । यो नम्बर भएको घरमा सधै पाहुना आउने जाने भईरहेको हुन्छ । जसको जन्म १, १०, १९, र २८ तारिखमा भएको हुन्छ उनीहरुको लागी यस्तो घर निकै लक्की सावित हुन्छ । र यस्तो नम्बर भएको घरलाई रातो रङ लक्की रहेको हुन्छ ।

 

प्रकाशित : सोमबार, कार्तिक २७, २०७४१८:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

३० जनाको हत्या गरि मासु खाने यी ‘नरभक्षी’ जोडी पक्राउ परेपछि खुल्यो यस्तो रहस्य !