के तपाईको समय नराम्रो चलिरहेको छ ? घडीको वास्तु दोष पनि हुन सक्छ!

एजेन्सी, समयले हामी सबैको जीवनमा अमुल्य भूमिका खेलेको हुन्छ  । हरेकको जीवनमा राम्रो-नराम्रो समय क्रमबद्ध रुपमा आउने-जाने भईरहेको हुन्छ । एक पटक बितेको समय फर्केर कहिले नआउने भएकोले यसको निकै महत्व रहेको हुन्छ । कसैको जीवनमा राम्रो समय छिट्टै आउछ भने कसैको जीवनमा राम्रो समय आउन ढिलो पनि हुन्छ। यदि लामो समय देखि तपाईको समय खराब चलिरहेको छ र  जे गर्दा पनि राम्रो भईरहेको छैन भने त्यसको कारण तपाइको घरमा भएको घडीले गर्दा पनि हुन सक्छ । वास्तु शास्त्र अनुसार घडीले व्यक्तिको समय बदल्न सक्छ । घडीले व्यक्तिको समयलाई राम्रो पनि बनाउन सक्छ र नराम्रो पनि बनाउन सक्छ । घडी बाट नै समयको अन्दाज लगाउन सकिन्छ । घरमा भएको बिग्रिएको अथवा नचलेको घडीले गर्दा हामीले धेरै समस्याहरु भोगिरहेका हुन्छौ ।

घडीलाई सधै उत्तर पूर्वको भित्तामा लगाउनु पर्दछ । कहिले पनि घडीलाई दक्षिण दिशामा राख्न हुदैन । किनकि हिन्दू शास्त्र अनुसार दक्षिण दिशा, यमराज अर्थात् मृत्युको देवता मानिन्छ । वास्तुको अनुसार दक्षिण दिशामा समय बताउने वस्तुलाई अशुभ मानिन्छ । धेरै जसो मानिसहरु घडीलाई ढोका, झ्यालको नजिक राख्ने गर्दछन् । यसो गर्नाले परिवारको सदस्यको स्वास्थ्यमा नराम्रो प्रभाव पर्दछ । घरमा राखिएको सबै घडी आफ्नो समय भन्दा ढिलो हुनु हुदैन । घडीको समय १०-१५ मिनेट छिटो राख्नु पर्दछ । किनकि समयसँगै चल्नाले जीवनको उन्नति र विकासको रहस्य लुकेको हुन्छ ।

यदि घरको घडीको शीशा फुटेको छ भने त्यसलाई तुरुन्तै फेर्नु राम्रो मानिन्छ नत्र भने त्यसले परिवारको सदस्यमाथि नकारात्मक प्रभाव पार्छ । घडीको प्रयोगमा निकै ध्यान दिन जरुरी रहेको छ । सुत्दा जुनसुकै प्रकारको घडीलाई सिरानी बाट टाढा राखेर सुत्नु पर्दछ । आजकलको इलेक्ट्रॉनिक घडीहरुबाट इलेक्ट्रो म्याग्नेटिक रेडिएशन निस्किने गर्दछ । यो रेडिएशनले मस्तिष्क र ह्रदयको नजिक नकारात्मक ऊर्जा क्षेत्र बनाउने काम गर्दछ । यसको प्रभावमा सुत्दा हाम्रो स्वास्थ्यमा नराम्रो असर पर्दछ ।

 

प्रकाशित : आइतबार, कार्तिक २६, २०७४१३:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी महिलाले ‘मरेपछि पनि मलाई नछुनू’ भन्दै आत्महत्या गरेपछि खुल्यो घटनाको रहस्य !