बिष्णुको अवतार कछुवाको प्रतिक घरमा राख्दा हुनेछ फाइदा नै फाइदा !

कछुवालाई धार्मिक ग्रन्थको हिसाबले विष्‍णुको अवतार मानिन्छ । त्यसैले धातुको कछुवा घरमा राख्नाले या कछुवाको चित्र ढोकामा लगाउनाले सुभ हुने मानिन्छ । यसो गर्नाले घरमा सकारात्मक ऊर्जा आउनुका साथै वास्तुदोष रहेको छ भने त्यो पनि हटेर जानेछ । सनातन धर्ममा कछुवालाई ‘कूर्म’ अवतार अर्थात् कच्छप अवतार भनेर सम्बोधन गर्ने गरिन्छ । उनको १० अवतारमा ‘कूर्म’ अर्थात कछुवा भगवान विष्णुको दोस्रो अवतार हो । पद्म पुराण अनुसार कच्छपको अवतारमा भगवान् विष्णुले क्षीरसागरमा समुद्र मन्थन गर्ने समयमा मंदार पर्वतलाई आफ्नो कवचमाथि राखेका थिए । यसप्रकार भगवान् विष्णुले कछुवाको अवतार लिएका थिए । त्यसैले उनको ‘कूर्म’ अवतारको पनि पूजा-अर्चना गर्ने गरिन्छ । हिन्दु धर्ममा कछुवालाई शुभ मानिन्छ । घरमा धातुको कछुवा राख्नाले कैयौ समस्याको समाधानमा मद्दत मिल्दछ ।

 

वास्तुशास्त्र अनुसार कछुवालाई उत्तर दिशामा राख्नाले धन लाभ हुने, शत्रुहरुको नाश हुने , परिवारका सदस्यको सुरक्षा हुने, परिवारको मुखियाको आयु लामो हुने जस्तो लाभ हुन्छ । यदि तपाई व्यवसायी हुनुहुन्छ भने आफ्नो प्रतिष्ठानको मुख्यद्वारमा कछुवाको चित्र राख्नुस । यसो गर्नाले व्यापारमा धन लाभ र सफलता मिल्छ र रोकिएको काम पूरा हुन थाल्छन् । घरको मुख्यद्वारमा कछुवाको चित्र लगाउनाले परिवारमा शान्ति बनिरहने छ भने  नकारात्मक उर्जाहरुलाई घरमा प्रवेश गर्न दिदैन।

यदि घरको कुनै सदस्य धेरैजसो लगातार बिरामी भईरहन्छ र औषधि खादा पनि निको हुदैन भने घरको दक्षिण-पूर्व दिशामा कछुवाको चित्र लगाउनुहोस् । यो दिशामा धातुको कछुवा राख्नाले घरको वातावरण शुद्ध रहन्छ । कछुवाले नजर दोषलाई हटाउने काम गर्दछ । यसले घरलाई कसैको आखा लाग्नबाट पनि जोगाउने काम गर्दछ । कछुवा कुनै पनि धातु सिसा, माटो, क्रिस्टल या काठबाट बनेको होस् घरमा राख्नाले जीवनमा शान्ति, सद्भाव, दीर्घायु र पैसा आउने गर्दछ ।
माटोबाट बनेको कछुवा सधै घर या कार्यालयको पूर्व या दक्षिण-पश्चिम दिशामा राख्नु पर्दछ । यसरि राख्नाले सर्वोत्तम परिणाम मिल्ने छ । यदि काठबाट बनेको छ भने पूर्व या दक्षिण-पूर्व दिशामा राख्नु पर्दछ ।

कछुवा निकै शान्त र मन्दगतिले हिड्ने दीर्घजीवी प्राणी हो । फेंगशुईमा कछुवालाई एक शुभताको प्रतिक मानिन्छ । कछुवाको मूर्तिलाई घरमा राख्नाले आर्थिक उन्नति हुनुको साथै घरमा सकारात्मक उर्जाको संचार पनि हुन्छ । यसले रोगहरुलाई घरबाट टाढा  राख्दछ र परिवारलाई स्वस्थ राख्न मद्दत गर्दछ । कछुवा एक यस्तो प्रभावशाली यन्त्र हो जसबाट वास्तु दोष को निवारण हुन्छ र खुशीयाली ल्याउन सहयोग गर्छ । यसलाई घरमा राख्नाले सफलताको साथ-साथ धन-सम्पत्ति पनि भित्रिने छ ।

 

प्रकाशित : शनिबार, कार्तिक २५, २०७४१९:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

वास्तविक जीवनमै आयरन म्यान सुट उडाएर यी व्यक्तिले राखे विश्व रेकर्ड!