हत्केलामा यी ४ निशान हुने व्यक्ति हुनेछ निकै धनवान!

ज्योतिष शास्त्रअनुसार हत्केलामा भएको विभिन्नखाले हस्तरेखाहरुको आ-आफ्नै महत्व रहेको छ । हत्केलामा भएको रेखाहरुले मानिसको जीवनसँग सम्बन्धित अनेक विशेषता बोकेको हुनाले आफ्नो भबिस्य यसबाट पनि अनुमान गर्न सकिने बताईएको छ । हस्तरेखा ज्योतिष अनुसार यदि हाम्रो हत्केलामा यी निशानहरु रहेका छन् भने हामिलाई शुभ हुने बताइएको छ ।

१) हाम्रो हत्केलामा कलश आकारको रेखाहरु रहेका छन् भने त्यस रेखाले धनवान हुने संकेत दिएको हुन्छ । जसको हत्केलामा कलश आकार हुन्छ उसको धन निरन्तर बढ्दै जाने छ र अधिक मात्रामा धन जम्मा हुनेछ ।

२) यदि हातको गुरु पर्वत अग्लो छ र गुरु पर्वतमा जीवन रेखाबाट निक्लिएर एउटा रेखा आएको छ भने उक्त व्यक्ति अधिक गुण भएको र ज्ञानी हुनेछन् । यस्ता व्यक्तिहरु आफ्नो छवि र ज्ञानको आधारमा अधिक सम्पति र उपलब्धि प्राप्त गर्न सक्छन ।

३) हत्केलामा चन्द्र पर्वतबाट धनुषकार आकारको रेखा बुध पर्वतमा सिधै पुगेको छ भने धन प्राप्तिको लागि सुभ योग  रहेको मानिन्छ । यसलाई बुध योग पनि भनिन्छ । जसको हत्केलामा यस्तो रेखा हुन्छ उक्त व्यक्तिलाई व्यापार ब्यबसायमा निकै सफलता मिल्ने छ ।

४) शनि पर्वतमा चक्रको रेखाहुनु एकदम भाग्यशाली मानिन्छ । यस्तो व्यक्ति निकै धनवान हुनुको साथै उच्च अध‌िकारी पनि हुनेछन् ।

 

प्रकाशित : शुक्रबार, कार्तिक २४, २०७४१५:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्तो जमिनमा व्यवसाय गरे कहिले घाटा नहुने, यस्ता छन् फलदायी जमिन चिन्ने तरिका!