बिहान उठ्नासाथ यी ४ कुरा देखे दिन असुभ रहने, बादँरको नाम लिनु पनि असुभ!

एजेन्सी, सामान्यतया  दिन भरिको समय खराब भयो या कुनै काम राम्रो भएन भने जोकोहीले आज बिहान कसको अनुहार हेरेछु भन्ने चलन छ । उक्त भनाई जनमानसमा  प्रचलित नै रहेको छ । बिहान उठ्ने बित्तिकै के कुरा देखियो भने दिन खराब हुन्छ त जानी राखौं ।

१. शास्त्रको अनुसार बिहान उठ्ने बित्तिकै आफ्नो अनुहार घरमा राखिएको एनामा हेर्नु असुभ मानिन्छ । यसो गर्नाले पनि दिन असुभ रहने गर्दछ ।

२. बिहान-बिहान यदि कुनै कुकुरलाई घर अगाडि झगडा गर्दै गरेको देख्नुहुन्छ भने त्यसलाई पनि असुभ मानिन्छ । यस्तो देखिनाले व्यक्तिको आयु घट्ने पनि विश्वास रहेको छ ।

३. बिहान तेल लागेको भाडा-कुडाहरु देखियो भने पनि असुभ मानिन्छ । यस्तो देखिनाले पनि दिन असुभ रहने शास्त्रले बताएको छ । त्यसैले राति सुत्दा तेल लागेको भाडाहरु आफुबाट टाढा राखे दिन असुभ हुनबाट जोगिने विश्वास रहेको छ ।

४. शास्त्रको अनुसार बिहानको समयमा बादँरको नाम  लिनु पनि असुभ मानिन्छ । बादँर देखिएता पनि बादँर शब्दको उचारण गर्न नहुने बताइएको छ । यदि लिईयो भने दिनभर काममा उल्झन आउने र खाना समयमा नपाउने जस्ता समस्या आउने छन् ।

 

प्रकाशित : बिहिबार, कार्तिक २३, २०७४११:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

संसारकै पहिलो अन्डरवाटर रेस्टुरेन्ट, यस्तो छ यसको विशेषता !