घरको यस दिशामा रोप्नुहोस तुलसीको बोट, हुनेछ सुख-शान्ति र धन लाभ!

एजेन्सी, हिन्दू धर्ममा तुलसीको बोटको छुट्टै महत्व रहेको छ । तुलसीलाई निकै चोखो र भगवान् बिष्णुको प्रतिक पनि मानिन्छ । तुलसीको बोट घरमा राख्नाले शुभ फल प्राप्त हुनेछ । तुलसीको बोटको अधिक गुणहरु रहनुको साथै यसबाट केही नकारात्मक उर्जाहरु पनि उत्पन्न हुने गर्दछ । वास्तुशास्त्र अनुसार तुलसीको बोटलाई गलत दिशा तर्फ राखियो या यसको प्रयोगमा लापरवाही भयो भने यसले हाम्रो जीवनमा नकारात्मक असर पार्दछ । यदि यी कुराहरुलाई मध्यनजर गरेर तुलसीको सही तरिकाले उपयोग गर्न सकियो भने जीवनमा सकारात्मक असर पर्ने शास्त्रले जनाएको छ ।

 

१. वास्तुशास्त्र अनुसार तुलसीको पात एकादशी, आइतबार र मंगलवारको दिन टिप्न हुदैन ।

२. वास्तुशास्त्र अनुसार पूर्व-उत्तर दिशा धनको देवता कुबेरको दिशा मानिन्छ । त्यसैले घरको आर्थिक स्थितिमा सुधार ल्याउनका तुलसीलाई उत्तर-पूर्व दिशामा राख्नु पर्दछ ।

३. यदि तपाईको घरमा वास्तुशास्त्र सम्बन्धि केही दोष छ अर्थात सधै कुनै न कुनै समस्या आईरहन्छ भने दक्षिण-पूर्व दिशामा तुलसीको बोट रोप्नुहोस् ।

४. यदि तुलसीको बिरुवा सुक्यो भने नजिकैको खोला या कुवामा लगेर राख्दिनु पर्छ । यदि सक्नु हुन्न भने तुलसीको गमलालाई माटो मै गाड्नु पर्छ ।

 

प्रकाशित : मङ्गलबार, कार्तिक २१, २०७४१७:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

राति डरलाग्दो सपना देख्नबाट बच्न अपनाउनुहोस वास्तुशास्त्रका यी ४ उपायहरु!