७ वर्षदेखि छोरीकै लागि चाउचाउ मात्र खाएर जीवन गुजारेका यी बाबुले भावुक हुदै यसो भने!

एजेन्सी,  संसारमा यस्ता बाबु कमै मात्र होलान् जो आफ्नो सन्तानको लागि जस्तो सुकै कठिनाई भोग्न तयार हुन्छन । चीनको हुबेई क्षेत्रमा सार्वजनिक भएको हृदय स्पर्शी  एक सत्य घटना अहिले चर्चाको विषय बनेको छ ।

एक चाइनीज वेबसाईटले लिएको अन्तर्वार्तामा ४९ वर्षका होउ यनवेइ नामका बाबुले भने ‘म एक सडक सफाइ गर्ने मजदुर हु । मेरो ११ वर्षकी एक छोरी छिन्, उनको नाम जिनजिन हो ।’  यनवेइका अनुसार उनको छोरीको  ४ वर्षदेखि नै जिम्नाष्टिकमा रुची थियो । तर  उनको इच्छा पूरा गर्नका लागि आफुसँग पैसा  नभएको बताए । जिनजिनकी आमासँग  छोड्पत्र भैसकेको र  छोरी प्रतीको सम्पूर्ण जिम्मेवारी आफ्नो काधमा रहेको हुने बताए । उनको  मासिक आम्दानी २ हजार युआन रहेको छ । जसमा ३ सय युआन घरको भाडा, छोरीको ट्युसन शुल्क वर्षको १४ हजार युआन लाग्ने  र अन्य पकेट खर्च ३ हजार जती लाग्ने गर्छ ।

यनवेइका अनुसार आफ्नो कमाईले मात्रै छोरीको सपना पुरा गर्न सम्भव नभएपछि आफुले निकै कम खर्च चलाएर छोरीको लागि पैसा जोगाउने गरेको बताए । उनले पछिल्लो सात वर्षसम्म चाउचाउ मात्र खाएर जिन्दगी गुजारिरहेका छन् । उनकी अहिले छोरीले वुहान इन्स्टिच्यूट अफ फिजिकल एजुकेसन पढ्दै  र तालीम पनि गरिरहेकी छिन् । उनको सपना  छोरीलाई अब्बल जिम्नाष्ट बनाएर एक उत्कृष्ट जिन्दगी प्रदान गर्ने हो। त्यसको लागि आफु जे पनि गर्न तयार छु भन्दै उनि  भावुक भए ।

यो घटनावाट के पुस्टि हुन्छ भने संसारमा अझै यस्ता महान पिताहरु छन् जो आफ्नो सन्तानको खुसीका लागि आफ्नो इच्छाको बलिदान दिन सक्छन् । हो यसको उदहारण भन्ने होउ यनवेइ  बनेका छन्।

 

प्रकाशित : आइतबार, कार्तिक १९, २०७४१७:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

खुल्यो राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर एकाउन्ट बन्द गर्ने व्यक्ति!