विश्वकै महंगो रक्सी यस्ता छन्, जसको मुल्य सुन्दा पर्नुहुनेछ आश्चर्यचकित

एजेन्सी, जाड, रक्सी  मानव स्वास्थ्यको लागि हानिकारक रहेको कुरा सबैलाई थाहा  भएता पनि यसको उत्पादनमा रोक लागेको छैन । अचम्मको कुरा हानीकारक छ भन्दा भन्दै पनि बनाउने बनाइरहेका छन्, किन्ने किनिरहेका छन्, खाने खाइरहेका छन् र बेच्ने बेचिरहेका छन् । हुदा- हुदा अब संसारकै सबैभन्दा महँगो रक्सी पनि बनिसकेको छ । विश्वको महँगो रक्सी र तिनीहरुको प्रकारको बारेमा केही रोचक तथ्य यस्ता छन् ।

१)  सबैभन्दा महँगो भोड्का: विश्वकोको सबैभन्दा महँगो रक्सीमा पर्छ बिलिनेयर भोड्का । यो भोड्काको एक बोतलको मूल्य २४ करोड भन्दा धेरै रहेको छ । प्रख्यात डिजाइनर लियोन वेरेसले विशेष रुपमा यो भोड्काको बोतल डिजाइन गरेका हुन् । यो भोड्काको बोतलमा ३००० हिरा जडित गरिएको हुन्छ । यो भोड्कालाई सीक्रेट रूसी विधिबाट तयार गरिन्छ । यसको स्वाद अरु भन्दा निकै नै फरक रहेको बिलिनेयरहरु बताउछन् ।

२)  स्क्रीमिंग ईगल कार्बनेट-१९९२ : यो विश्वको सबैभन्दा महँगो रेड वाइन हो । हेर्दा साधारण देखिने यो रेड वाइन बिश्वको सबैभन्दा महँगो वाइनमा पर्दछ । सन् २००० सालमा बेचिएका वाइनका बोतलको पनि लिलाम भएको थियो । उक्त बोतलको मूल्य ३.२ करोड रहेको थियो ।

 

प्रकाशित : सोमबार, कार्तिक १३, २०७४१३:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विश्वभरिका ४३ मानिसहरुमा मात्र पाइने सबैभन्दा दुर्लभ ब्लड ग्रुप, यस्तो छ विशेषता