यो हो संसारकै सबैभन्दा ठुलो कुकुर, जसको आकार सुनेर तपाई पर्नुहुनेछ अचम्ममा

एजेन्सी, गिनिज वर्ल्ड रेकर्ड भन्ने बितिकै संसारकै उत्कृष्टमा आफ्नो नाम लेखाउने किताब बुझिन्छ  । यो बुक अफ रेकर्डमा मानिसहरुको मात्र नभईकन जनावर, पशुपन्छी, किरा लगायत अन्य सम्पूर्ण वस्तुको रेकर्ड राख्ने गरिएको छ । यस्तै एउटा कुकुरले पनि नँया रेकर्ड राख्न सफल भएको छ ।

संसारको सबैभन्दा अग्लो र विशाल ‘डेन फ्रैडी’ नामको कुकुरले रेकर्ड राखेको छ । उक्त कुकुरको उचाई लगभग ३.३  फीट र लम्बाई ७ फीट ५.५ इन्च रहेको छ । गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउनु भन्दा अघिनै ‘डेन फ्रैडी’ लाई आधिकारिक रुपमा दुनियाको सबैभन्दा ठुलो कुकुरको ताज लागाईएको थियो ।

उक्त कुकुरको मालिक इङ्गल्याण्डकी मोडल क्लैरी स्टोनमैन हुन् । आफूले फ्रैडीलाई घर ल्याउदा निकै सानो भएको उनले बताईन । ५ वर्षमा फ्रैडी आफूले सोचे भन्दा पनि धेरै छिटो बढेको र अहिले आएर संसारकै सबैभन्दा ठुलो कुकुर बनि गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउद आफुलाई  विश्वास नलागेको क्लैरीले बताईन्  ।

संसारको सबैभन्दा ठुलो कुकुर ‘डेन फ्रैडी’ ले अन्य कुकुरले भन्दा धेरै खान्छ । वर्षमा करिब १० लाख भन्दा पनि धेरै खाने फ्रैडीले एकै साथ पीनट बटर र अधिक मात्रामा कुखुराहरु खान्छ । उक्त फ्रैडीको बहिनि पनि अरु साधारण कुकुर भन्दा भिन्न छ । जब फ्रैडी बाटोमा निस्किन्छ तब  मानिसहरु ‘ग्रेट डैन फ्रैडी’ भन्दै बोलाउने गर्दछन् ।

 

प्रकाशित : सोमबार, कार्तिक १३, २०७४१२:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विश्वकै महंगो रक्सी यस्ता छन्, जसको मुल्य सुन्दा पर्नुहुनेछ आश्चर्यचकित