३,००० वर्षमा एक पटक मात्र देखिने यो फुलको धार्मिक र वैज्ञानिक तथ्य यस्तो छ:

एजेन्सी, संसारमा अनेक थरी, प्रजाति र विशेषताका फूलहरु पाइन्छन् । यस्तै सबैभन्दा ताजा मामिलामा चीनका डा डिङले सन् २००७ मा यस्तो फूल पत्ता लगाएका थिए जुन ३,००० वर्षमा एक पटक फुल्ने गर्दछ । उक्त फूललाई स्वर्गको फूल पनि भन्ने गरिन्छ तर वास्तबिक नाम उदुम्बरा हो । यो फूलको पनि आफ्नै अस्तित्व रहेको छ । धार्मिक अस्तित्व अनुसार गौतम बुद्ध जन्मेको समयमा उक्त फूल पहिलो पटक देखा परेको र त्यसपछि १९९७ मा दक्षिण कोरियामा रहेको एक बुद्धको मन्दिरमा बुद्धको मूर्तिमा देखीएको थियो ।

धार्मिक महत्तोको हिसाबले हेर्ने हो भने उक्त फूल पवित्र ठाउँमा मात्र उत्पन्न हुने भएकोले यसलाई स्वर्गको फूलको रुपमा लिईन्छ। तर बैज्ञानिक हिसाबले हेर्ने हो भने यो फूल नभएर लेसविङ कीराको अण्डा भएको र उक्त किराले रुखमा अण्डा पार्ने र अण्डाबाट फूल जस्तै सुगन्धित कुरा बाहिर निस्कने बताएका छन् । धार्मिक र बैज्ञानिक दुवैको हिसाबमा यसको फरक मान्यता रहेको छ । ३,००० वर्षमा एक पटक देखिने भएकोले यसको त्यसै पनि महत्व रहेको छ भन्ने बुज्न सकिन्छ ।

 

प्रकाशित : शुक्रबार, कार्तिक १०, २०७४१५:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बाबा राम रहिमको सेक्स भिडियो सार्वजनिक: को हुन् उनिसँगै भएकी महिला ? [भिडियो]