९५ वर्षअघि आइन्स्टाइनले लेखेको खुसीबारे नोट्स १३ लाख डलरमा बिक्रि, यस्तो छ बयान

एजेन्सी, संसारकै महान् हस्तीका रुपमा प्रख्यात वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको बारेमा सबैलाई थाहा नै छ । सन् १९९२ मा उनले लेखेका केही नोट्सहरु ९५ वर्षपछि सार्वजनिक भएको  छ । सन् १९९२ मा उनि जापानमा लेक्चर दिने पुगेका थिए । लेक्चर दिएर उनि होटेलमा बसिरहदा  भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार आफुले जितेको थाहा पाएका थिएनन् । त्यतिबेला एक जापानी कूरियर सर्विस प्रोभाईडर आइन्स्टाइनले नोबेल पुरस्कार जितेको खबर पुर्याउनका लागि आइन्स्टाइन बसेको  टोक्योस्थित  इंपीरियल होटलमा पुगेको थियो ।

कुरियरवालालाई टिप्स दिन चाहने आइन्स्टाइनसँग पैसा थिएन । आफु विजयी भएको खबर भर्खरै सुनेको हुनाले उनले आफ्नै हातले जर्मनी भाषामा एक नोट्स लेखे जसमा लेखिएको थियो “सफलताको खोजिमा हुने अशान्तिको जीवन भन्दा एक शान्त र साधारण जीवन नै आनन्ददायी र खुसी हुन्छ ।” र साथै उनले भनेका थिए ” यदि तिमि भाग्यशाली रहेछौ भने यो नोट्स तिम्रो लागि सामान्य टिप्स भन्दा बहुमुल्य हुनेछ ।” र उनले अर्को नोट्समा लेखेका थिए ” जहाँ इच्छा, त्यहाँ उपाय ” ।

९५ वर्ष पछि आज त्यो नोट्स उक्त कुरियर प्रोभाईडर जर्मनीको ह्याम्वर्ग सहरको बासिन्दालाई बहुमुल्य साबित भएको छ । उनले खुसीको बारेमा लेखेको नोट्स इजरायलको जेरुसलेममा भएको एक लिलामीमा १३ लाख डलरमा बिक्री भएको छ। भने अर्को नोट्स २ लाख ४० हजार डलरमा बिक्री भएको छ। यस्तै अन्य समयमा आइन्स्टाइनले लेखेको नोट्सहरु पनि लिलाम भएका छन् । कुनै ३३,६०० लिलाम भए भने कुनै ९ हजार डलरमा बिक्रि भएका छन् ।

 

प्रकाशित : बुधबार, कार्तिक ०८, २०७४१८:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आत्महत्या गर्न लागेकी एक युवतीको ज्यान यसरी बचायो गुगलले, जान्नुहोस कसरी भयो यस्तो