ब्रिटेनको पुर्व प्रधानमन्त्री विन्स्टन चर्चिलको अन्तिम पेन्टिङ ८० हजार पाउण्डमा लिलामी हुदै

एजेन्सी – ब्रिटेनको पुर्व प्रधानमन्त्री विन्स्टन चर्चिलको अन्तिम पेन्टिङ एक लिलामीमा ८०,००० पाउण्ड बिक्न सक्ने सम्भावना रहेको छ । चर्चिलको अन्तिम पेन्टिङको शीर्षक ‘द गोल्डफिश पूल एट चार्टवेल’ हो, जसलाई उनले सन् १९६५ मा बनाइएको थिए । उनले आफ्नो जीवनको सबैभन्दा राम्रो ठाउँलाई पेन्टिङमा उतारेका थिए ।

यसमा ब्रिटेनस्थित उनको चार्टवेल घरमा गोल्डफिशको पोखरी पनि देख्न सकिन्छ । ‘सोदबीज ऑक्शन हाउस’ को फ्रान्सिस क्रिस्टीले ‘द टेलीग्राफ’ लाई भने,”यो मेरो अन्तिम पेन्टिङ हो तर यो भन्दा पनि महत्वपूर्ण कुरा उनले यस्तो भनेका थिए कि , यो दुनियाको सबैभन्दा खास स्थान केंट स्थित घरको पेन्टिङ हो । अक्शन हाउसको अनुसार यो पेन्टिङको लिलामी २१ नोवेम्बरमा हुनेछ र ब्रिटेनको पुर्व प्रधानमन्त्री विन्स्टन चर्चिलको यो अन्तिम पेन्टिङ रू८०,००० पाउण्डमा बिक्रि हुन सक्ने सम्भावना राखिएको छ ।

प्रकाशित : मङ्गलबार, कार्तिक ०७, २०७४१८:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

देख्दै अनौठा र भयानक लाग्ने ८ तस्विर: जसले राखे विश्व रेकर्ड