विश्वकै सबैभन्दा छिटो कुद्ने कारको विश्वकीर्तिमान तोड्यो अगेराले

एजेन्सी, संसारको सबैभन्दा छिटो कुद्ने कार बुगाटी काइरोनको कीर्तिमान तोड्दै स्विडिश कम्पनी कोएनिग्सएगको अगेरा आरएस हाईपरकारले विश्वकीर्तिमान राख्न सफल भएको छ।  बुगाटी काइरोनले यसअघि ४०० किलोमिटर प्रतिघन्टाको गति ४१.९६ सेकेन्डमा समातेको थियो र कीर्तिमान बनाएको थियो तर अहिले अगेराले यस कारको विश्व किर्तिमान तोडेको छ  ।

अगेरा आरएस हाईपरकार ३६.४४ सेकेन्डमा ४०० किलोमिटर प्रतिघन्टाको गतिमा गुड्छ । अगेरा आरएस हाईपरकारको मूल्य करिब ३४ करोड रुपैयाँ छ । १३ सय ७० न्युटन मिटरको टर्क र १३ सय ४१ बीएचपी पावर जेनेराट गर्न  सक्ने  क्षमता भएको यो कारको तौल १३ सय ९५ किलो छ । विश्व कीर्तिमान राख्ने क्रममा यो कार  डेनमार्कका फ्याक्ट्री ड्राइभर निकोलस लिलजाले चलाएका थिए ।

 

प्रकाशित : मङ्गलबार, असोज २४, २०७४१७:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कमिलासँग डराउने माकुराको १० रोचक तथ्य यस्तो छ