महानवमीको दिन दुर्गा माता मूर्तिको अगाडि एक पिताले आफ्नै छोरालाई बलि दिएपछि….

एजेन्सी,  महानवमीको दिन बेलुका २२ वर्षीय सुरेन्द्र नामका एक युवकले आफ्नो बुवासँग मासु लिएर घर गएका थिए । उनले घर गएर खानामा मासु मिसाए । त्यही बेला उनका पिता गोपिरामले घरमा नवमीको हवल नहुँदासम्म र ज्योति प्रज्वलित भएका बेला मासु खान नहुने बताएक थिए । त्यसपछि सुरेन्द्रले घरका सबै परिवारलाई गाली गरेका थिए ।

सुरेन्द्रले हंगामा मच्चाएपछि उनकी आमा, भाइ र बहिनी उनलाई सम्झाउन पुगे । परिवारले सम्झाउँदा सुरेन्द्र झनै रिसाएर उनले ज्योति निभाइदिए र थालमा राखिएको जुटो खाना देवीको प्रतिमामाथि फ्याँकिदिए । सुरेन्द्रको यो क्रियाकलाप देखेर उनको बुवाले रिसाउदै उनका पिता गोपिचन्दले बन्चरोले छोराको घाँटीमा अन्धाधुन्ध प्रहार गरेका थिए।  जसका कारण सुरेन्द्रको घटनास्थलमै मृत्यु भएको हो। यो घटना शनिबार रति ९ बजेतिर भएको प्रहरीले जनाएको छ । गोपिचन्द यसअघि पनि छोराले रक्सी पिएर यस्तै क्रियाकलाप गर्दा निकै आजित भइसकेका थिए ।

प्रकाशित : आइतबार, असोज १५, २०७४१३:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चक्कु प्रहार गरि आफ्नै श्रीमानको हत्या गरेर धोइन् चक्कु, पक्राउ परेपछि खुलाईन यस्तो रहस्य