प्रसंग नेपाल अाइडलः कुनै उपाधीले मात्रै पूर्ण कलाकार छान्दैन

लेखक / बज्र बस्नेत,
नेपाली टेलिभिजन च्यानलबाट प्रसारित “तिम्रो सुर मेरो गीत”, “सिगिङ्ग आइकन नेपाल”, “द सिंगिङ्ग स्टार”, “नेपाली तारा” तथा “नेपाल आइडल” लगायतका कुनैपनि उपाधिले पूर्ण गायकीको कलाकार छनौंट गरेको पाइएको छैन । यो एउटा व्यवसायिक टेलिभिजन कार्यक्रम सञ्चालन गर्ने वहानामा उपधीको होडलाई अतिरञ्जित तवरले सनसनी बनाएर आवश्यकता भन्दा बढी प्रचार प्रसार गरिएको मात्र हो।

यो तथ्य हामीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट प्रसारित टेलिभिजन कार्यक्रम रियालिटी शो को नामबाट समेत महसुस गरिसकेका छौं । नेपाली गायक एवं गायिकाहरु नारायण गोपाल, गोपाल योञ्जन, धर्मराज थापा, कुमार बस्नेत, भक्तराज आचार्य, अञ्जु पन्त, रामकृष्ण ढकाल तथा राजेश पायल राई लगायतका स्रस्टाहरु कुनैपनि उपाधी जितेर गायन क्षेत्रमा उदाएका होइनन् । उहाँहरु सबैको गायनतर्फ आ–आफ्नै विशेषता छ, भनौं उहाँहरुको प्रतिस्पधीै नै छैनन् । त्यसैले पनि टेलिभिजन कार्यक्रमलाई लोकप्रिय बनाउने उद्देश्यले पूर्ण व्यापारिक एवं व्यवसायिक उद्देश्यका साथ सञ्चालन गरिने कथित रियालिटी शोबाट छनौंट हुने कुनैपनि विधाका व्यक्तिहरुलाई हामीले आफ्नो तर्फबाट पूर्ण कलाकारको ताज नपहिर्याउँ ।
हुन त अन्य केही मुलुकमा राज्यले नै प्रतिभावान कलाकार पहिचान गरी वास्तविक कलाको कदर गर्दै उनीहरुको मनोवललाई सदैव उच्च बनाइ राखेको हुन्छ तर राजनैतिक अस्थिरताले थिलथिलो भएको हाम्रो मुलुकले वास्तविक कलाकारलाई सम्मान गर्ने दिनहरु आउन अझै धेरै वर्ष कुर्नु पर्छ होला ।
यदी राज्यले कलाकारिकताको उचित सम्मान गर्न सकेको भए  भारतका चर्चित गायक उदित नारायण झाले  आज भारतको होईन विश्वमा नेपालको प्रतिनिधित्व गरिरहेका हुने थिए । त्यसर्थ कुनै पनि  उपाधी विशेष तोकिएर चर्चित बनाइएको कार्यक्रम हेरेर हामी पूर्ण मनोरञ्जन मात्र लिऊँ, त्यस्ता कार्यक्रमबाट उत्पादित कलाकारहरु सबै शत प्रतिशत कलाकार हुनसक्छन भन्ने भ्रममा कहिल्यै नपरौं ।
प्रकाशित : शनिबार, असोज ०७, २०७४११:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

“दशैँमा आउँछु भन्थ्यो आएन”