एक बोतल पानीकै १ करोड रुपैयाँ

एजेन्सी – हालै अमेरिकाको एउटा कम्पनीले करोड मूल्य पर्ने एक बोतल पानी सार्वजनिक गरेको छ । यो पानीको बोतलको बिर्को सुनको बनाइएको छ ।

जसमा १४ क्यारेटका ६ सय वटा सेतो तथा २५० वटा कालो हिरा पनि जडित छ।  यो बोतलको हरेक खोल छुट्टा-छुट्टै बनाइएको छ । करोड मूल्य पर्ने यो बोतल सजिलै किन्न भने पाईने छैन ।  किन्नका लागि सर्वप्रथम कम्पनीसँग अर्डर गर्नुपर्दछ । अर्डर पश्चात कम्पनीले पानी उत्पादन गरेर सिधै अमेरिकाको बेवर्ली हिल्सबाट उपभोक्तासम्म पुर्याउने गर्दछ । उक्त बहुमूल्य बोतलको पानी कम्पनीले अग्लो झरनाबाट  संकलन गर्ने  गर्दछ ।

यस्तो महँगो पानिको बोतल सायद पिउनका लागि नभई लक्जरी कलेक्सनका रुपमा किनिने अनुमान गर्न सकिन्छ ।

प्रकाशित : शनिबार, असोज ०७, २०७४१८:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

निर्दयी परम्परा: जहाँ नारीलाई बलात्कार गरि बनाउछन् विवाह गर्न बाध्य !