दैनिक जगिङ गर्ने बहानामा अरुको घर अगाडि दिसा गर्ने अचम्मकी महिला !

एजेन्सी,  कोलोराडोको शहरमा अहिले एउटा रोचक घटना चर्चाको विषय बनेको छ । क्याथी बडीका अनुसार हप्तादिन देखि एक महिला जगिङ गर्दै आउने र उनको घर अगाडि आएर जहिले पनि दिसा गर्ने गरेकी थिइन् । उनको यस्तो घिनलाग्दो बानिले क्याथीलाई दिक्क बनाएको थियो ।

पहिले त उनलाई आफ्नो घर अगाडी दिसा कसले गर्यो भनेर जानकारी थिएन तर एक दिन क्याथीको बच्चाहरुले ति अन्जान महिलाले जगिङ गरिरहेको देखे र आफ्नो आमालाई भने। यसबारे क्यथिको यस्तो भनिन, ‘मैले ति युवतीलाई किन यस्तो गरेको भनेर सोधे र उसले माफ-पाउँ भनि दौडिँदै गई । सायद अब गर्दिन होला भन्ने सोचेको थिए तर उसले आफ्नो जगिङ गर्ने समय परिवर्तन गरि फेरि दिसा गर्ने गरिन् ।’ शौचालय नभएर भनौ भने क्याथीको घर नजिकै सार्वजनिक शौचालय पनि रहेको छ  । उनि दिनहुँ आफ्नो आँगनमा आएर घिनलाग्दो काम गर्न थालेपछि उनले घरअगाडि बिन्ती गर्दै साइनबोर्ड पनि राखिन् ।

त्यसपछि पनि ति महिलाले यस्तो घिनलाग्दो काम गर्न नछोडेपछि  पुलिसलाई भन्न बाध्य भएको क्याथीले बताएकी छिन् । हिले कोलोराडोको प्रहरी ति जगिङ गर्ने महिलाको खोजी गरिरहेको छ ।

प्रकाशित : बिहिबार, असोज ०५, २०७४१८:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

प्रति लिटर १५ लाख रुपैया पर्ने यो जीवको रगत अमुल्य, यस्तो छ यसको महत्व