छोरीको कोठाबाट केटाको आवाज आएपछि भयो यस्तो सनसनीपूर्ण खुलासा

एजेन्सी, भारतको बिहारमा एक युवतीमाथि यस्तो घटना घट्यो जुन सुन्दा पनि जो-कोहीको आङ सिरिङ्ग हुने गर्दछ। एक दिन मध्यरातमा ति युवती सुत्ने कोठाबाट केटा मान्छेको आवाज आएपछि उनको बाबुआमा आएर हेर्दा उनीहरुलाई आपत्तिजनक अवस्थामा भेटे । सुरुमा उनीहरुले आफ्नो छोरी ति युवकसँग प्रेममा रहेको होला भन्दै वेवास्ता गरे।

 तर, वास्तविकता अरु नै थियो । वास्तवमा उनीहरुको छोरीमाथि ति युवकले केहि समयअघि बलात्कार गरेको  थियो । बाबुआमालाई सत्य थाहा पाउन केही समय लाग्यो । ति युवकले बलात्कार गरेको भिडियो रेकर्ड गरेर सोहि भिडियो देखाउदै युवतीलाई पटक-पटक धम्कि दिदै आएको रहेछ । पिडित युवती भने भिडियो लिक हुने ति डरले युवकले जे भन्यो त्यही मान्दै आएकी थिइन्।

एउटै गाउँका ती युवकले पहिलेदेखि नै ती युवतीलाई नराम्रो दृष्टिकोणले हेर्ने गरेको भारतीय संचारमाध्यमले उल्लेख गरेको छ। ती युवकले बलात्कार गरेको भिडियो आफूले जसरी मन लाग्छ त्यसरी प्रयोग गरेर बेइज्जत गर्ने भन्दै युवतीलाई सधै धम्कि दिने कुरा खुलेको छ। यो कुरा युवतीको आमाबाबुले थाहा पाएपछि छोरीलाई न्याय दिलाउन पञ्चायत बोलाए । तर पञ्चायतले पिडित युवतीको चरित्रमाथि नै प्रश्न उठाउँदै ३१ हजार जरिवाना तिर्नुपर्ने फैसला सुनायो । त्यसपछि पिडित परिवार प्रहरी समक्ष पुगेका छन् । प्रहरीले यस घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित : बिहिबार, भदौ २९, २०७४१८:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आकाशगंगाको केन्द्र नजिकैको भेटियो ब्ल्याक होल