८ महिनाकी गर्भवती महिला फेसन विकको र्‍याम्पमा उत्रिएपछि…

एजेन्सी,  न्युयोर्ककी ८ महिनाकी गर्भवती एक महिलाले न्युयोर्क फेसन विकमा भाग लिएकी छिन् । गर्भवती अवस्थामा पनि महिलाहरु सुन्दर अर्थात् केहि गर्न सक्छन् भन्ने उदाहरण बनेकी छिन् उनि। यसै कारण उनि अहिले सामाजिक संजालमा चर्चाको विषय बनेकी छिन् ।

रुथ ली नाम रहेकी उक्त महिलाले पेटमा ८ महिनाको बच्चा बोकेर शनिबार र्‍याम्पमा क्याटवाक गरेपछि उनको चर्चा चुलिएको छ ।

 

 उनि एकहाउस लाट्टाको पहिरनमा र्‍याम्पमा उत्रिएकी थिइन् । साथै उनले आफ्नो गर्भावस्थाको पेट छर्लङ्ग देखिने वस्त्र लगाएकी थिइन्। रुथ लि न्युयोर्क फेसन विक २०१७ मा उत्रिएकी हुन् । उनि फेसन विकमा आएसँगै फेसन उद्योगमा प्रतिनिधित्व र विविधताबीच एक पटक फेरि बहस सुरु भएको छ।

प्रकाशित : बिहिबार, भदौ २९, २०७४१४:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भाउजुलाई एकतर्फी माया गर्ने निर्दयी भाइले आफ्नै दाईको हत्या यसरी गरे