१५० वर्ष पुरानो घरमा भेट्टीएको अनौठो चिजले एकाएक करोडपति बने एक जोडी

एजेन्सी, क्यालिफोनिर्याका एक सामान्य जोडी एकाएक करोडौको मालिक बनेका छन्। उनीहरु १५० वर्ष पुरानो घरमा बस्दै आएका थिए । उनीहरुले एउटा कुकुर पनि पालेका थिए। सधै जसो उक्त घरका मालिक आफ्नो कुकुरलाई घुमाउन निस्किन्थे। तर एकदिन भने  कुकुरलाई घुमाउन जादै गर्दा उनले आफ्नो घरको पछाडी धेरै वर्ष पुरानो अनौँठो चिज देखे । त्यसपछि उनी नजिक गएर हेरे जहाँ उनले माटोका भाँडा देखे । उनि पहिले पनि त्यो बाटोमा धेरै पटक हिँडिसकेका थिए । तर उक्त रहस्य थाहा पाएका भने थिएनन् ।

 उनले ती माटोको भाँडालाई बाहिर निकालेर हेर्दा उनि आफै अचम्मित बने। धेरै वर्ष पुरानो उक्त माटोको भाँडो सुनका सिक्काले भरिएको  थियो । उनले ती भाँडोमा भएको सिक्का परीक्षणका लागि मानिस बोलाएर परिक्षण गर्दा परीक्षणकर्ताले ती जोडीलाई उक्त सिक्का सुनको भएको जानकारी दिएका हुन् । त्यसपछि सयौ वर्ष पुरानो घरमा बस्ने ति जोडी एकाएक करोडपति बनेका छन्।

प्रकाशित : बुधबार, भदौ २८, २०७४१४:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आत्महत्या गराउने गेम, ब्ल्यू ह्वेल च्यालेन्ज: यसरी मर्न उस्काउछ यसले, अरुपनि छन् यस्तै दरेलाग्दा गेम