अँग्रेजी बोलेको भन्दै एक युवालाई पाँच जनाको समुहद्वारा कुटपिट

फाइल तस्बिर

काठमाडौं, २७ भदौ – अँग्रेजी बोलेको भन्दै एक युवालाई पाँच जनाको समुहले कुटपिट गरेका छन्। भारतको राजधानीस्थित होटेलमा बसेर आफ्ना साथीहरूसँग अंग्रेजीमा कुराकानी गरिरहेका एक २२ वर्षीय युवकलाई पाँचजनाको समुहले नराम्रोसँग चुतेका हुन्।

शनिवार भएको यो घटनापछि प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार नोएडामा बस्ने वरुण गुलाटी आफ्नो साथी दक्षको कारमा कनट प्लेसको होटेलमा आएका थिए । साथीसँग छुट्टिएपछि वरुणलाई नशामा झुमिरहेका पाँच व्यक्तिहरूले घेरेर अंग्रेजीमा किन कुरा गरेको भनी सोधे । दुवैतर्फ बाझाबाझ भयो र उनीहरूले वरुणमाथि आक्रमण गरे ।
आक्रमण गरेपछि आरोपितहरू एउटा गाडीमा चढेर भागे तर वरुणले गाडी नम्बर नोट गर्न भ्याए । नम्बर प्लेटका आधारमा प्रहरीले तीन आरोपीलाई चिनेर पक्राउ गरे । कुटपिटमा संलग्न रहेका अन्य व्यक्तिहरु खोजि भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : मङ्गलबार, भदौ २७, २०७४१३:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बसमा यात्रा गर्दा परेवाको टिकट नभएपछि जाँचकर्ताले मागे स्पष्टीकरण