आजबाट बृहस्पतिले राशी परिवर्तन गर्दै: यी राशि भएकालाई हुन्छ यस्तो समस्या

एजेन्सी, बृहस्पति ग्रहले भदौ २७ गते (मंगलवार) देखि आफ्नो घर बदल्दै छ । यस ग्रहले करिब १३ महिनापछि आफ्नो राशि परिवर्तन गर्दछ । १२ महिनासम्म कन्या राशिमा रहेको बृहस्पति ग्रहले अब तुला राशिमा प्रवेश गर्दैछ।  ।

राम्रो फल दिने शुभ ग्रहको रुपमा मानिने बृहस्पति गृहले राशि परिवर्तन गर्दा व्यापार, घर-परिवार, नोकरी, सुख-शान्ति, घन-सम्पति, वैवाहिक जीवन तथा स्वाथ्यमा गहिरो असर पार्दछ । भने केही राशि भएका व्यक्तिका लागि नोकरीको क्षेत्रमा नयाँ परिणाम र  धेरै अवसर आउन सक्छ।

बृहस्पति ग्रहले आफ्नो घर परिवर्तन गर्दा केहि राशिलाई बेफाइदा पुर्याउछ भने केहीलाई फाईदा:

मेष राशी:  मेष राशिको लागि भने यो समय अनुकुल अर्थात् राम्रो रहेको छ । पहिलेदेखि नबनेका कार्य सम्पन्न हुने र मुद्दा-मामलामा सफलता मिल्ने छ । साथै, विद्वान व्यक्तिसँगको सम्पर्क बढ्छ ।

वृष राशी:  यो राशिको लागि बृहस्पतिले आफ्नो राशी परिवर्तन गर्दा प्रतिकुल समय रहेको छ। बृहस्पतिले राशि परिवर्तन गर्दा वृष राशि भएका व्यक्तिले भने केही पीडादायक समय झेल्नु पर्छ । यो राशिका मानिसले मेहनत गरेअनुसार कामको प्रतिफल प्राप्त हुने छैन । स्वास्थ्य सम्बन्धी समस्याले पीडित हुनेछ ।

मिथुन राशी: मिथुन राशि भएका व्यक्तिमा आत्मविश्वास बढ्नेछ र गरेका कामहरु सफलतापूर्वक सम्पन्न हुनेछ।

कर्कट राशी: कर्कट राशिको लागि यो समय अनुकुल रहेको छ। बृहस्पतिले आफ्नो राशी परिवर्तन गर्दा कर्कट राशि भएका व्यक्तिलाई फाईदा हुन्छ । पैतृक सम्पत्ति प्राप्तीसँगै नयाँ घर र सवारी साधन पनि प्राप्त हुने संभावना रहेको छ । साथै व्यवसायमा पदोन्नति हुने योग रहेको छ ।

सिंह राशी: बृहस्पतिले आफ्नो गृह परिवर्तन गर्दा सिंह राशी भएकाहरुको लागि सामान्य समय रहेको छ । यो राशि भएका व्यक्तिमा आत्मविश्वास बढ्ने छ भने छोटो दूरीका यात्रामा सफलता मिल्ने छ । वैवाहिक व्यक्तिको जीवनमा खुसीको नयाँ माहोल सिर्जना हुनसक्छ । तर मानसिक रुपमा भने केही समस्या झेल्नुपर्ने हुनसक्छ । साथै स्वास्थ्यमा समस्या देखिन सक्छ ।

कन्या राशी: कन्या राशी भएकालाई बृहस्पतिले राशि परिवर्तन गर्दा अनुकुल रहने छ। कन्या राशि भएका व्यक्तिलाई आर्थिक लाभ, पारिवारिक सुख प्राप्त हुनेछ । साथै मुद्दा-मामलामा सफलता मिल्ने समय रहेको छ ।

तुला राशी: बृहस्पतिले राशि परिवर्तन गर्दा तुला राशिको लागि अनुकुल समय रहेको छ। यो राशी भएका व्यक्तिमा प्रसन्नता बढ्नुको साथै आम्दानीका स्रोत पनि बढ्नेछ ।

वृश्चिक राशि: यो राशिको लागि बृहस्पति ग्रहको राशि परिवर्तन प्रतिकूल अर्थात् नराम्रो समय रहेको छ। यो समयमा वृश्चिक राशि भएका व्यक्तिको अन्य व्यक्तिसँगको सम्बन्धमा खटपट हुन सक्छ । साथै आत्मविश्वासमा कमी आउछ भने अनावश्यक खर्च बढ्ने छ ।

धनु राशी: धनु राशि भएका व्यक्तिका लागि बृहस्पतिको राशि परिवर्तन अनुकूल रहेको छ। यसले नयाँ उत्साह थप्ने छ भने विदेश तथा लामो यात्राको भ्रमण हुने संभावना रहेको छ । वैवाहिक तथा सन्तान सुख प्राप्त हुने छ ।

मकर राशी: मकर राशिको लागि बृहस्पतिको राशी परिवर्तन अनुकूल रहेको छ। यो राशी हुने व्यक्तिको विशिष्ठ व्यक्तिसँग सम्पर्क बढ्ने छ । साथै नयाँ व्यापारको विस्तार हुनेछ भने व्यापारमा फाइदा बढ्ने छ।  ।

कुम्भ राशी: बृहस्पति ग्रहको राशि परिवर्तन कुम्भ राशि भएका व्यक्तिका लागि अनुकुल रहेको छ। साथै यो राशी हुने व्यक्तिलाई बृहस्पतिको राशी परिवर्तन भाग्यशाली सिद्ध हुनेछ । परिवारमा नयाँ सदस्यको आगमन हुन सक्छ । यो राशी हुनेलाई सफलता र सम्मान प्राप्त हुनेछ । भने कलाको क्षेत्रमा विशेष रुची बढ्नेछ ।

मीन राशी: बृहस्पति ग्रहको राशि परिवर्तन मिन राशिको लागि प्रतिकुल रहेको छ। यो राशी भएकाहरुलाई मानसिक चिन्ता बढ्ने छ । तर तपाईलाई आकस्मिक लाभ प्राप्त हुन सक्छ । साथै आर्थिक हानी पनि हुन सक्नेछ । पारिवारिक तथा वैवाहिक सुखमा कमी आउने छ भने पेट सम्बन्धी रोगले सताउने छ ।

प्रकाशित : मङ्गलबार, भदौ २७, २०७४११:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यही असोज ११ मा बुध ग्रहले राशि परिवर्तन गर्दै, कुन राशिलाई कस्तो प्रभाव ?