लामखुट्टे मारेकै कारण यी व्यक्तिको ट्वीटर एकाउन्ट बन्द गरियो

एजेन्सी,  माइक्रो ब्लगिङ साइट ट्वीटरले हालै एक जना व्यक्तिको एकाउन्ट बन्द गरेको छ । लामखुट्टे मारेर त्यसको फोटो ट्वीटरमार्फत सार्वजनिक गरेपछि उनको ट्वीटर बन्द भएको थियो। त्यसपछि सोहि व्यक्तिले नयाँ ट्विटर एकाउन्ट खोलेर आफ्नो पुरानो एकाउन्ट बन्द भएको जानकारी गराएका थिए।

बीबीसीका अनुसार यो घटना २० अगस्टको हो । ति व्यक्तिले आफु टिभी हेरिरहेको बेला लामखुट्टेले आएर टोकेको र आफूलाई टोकेको भन्दै लामखुट्टे मारेर त्यसको फोटोसहित ट्वीटरमार्फत सार्वजनिक गरेका थिए । पोस्ट गरेको केही समयमा नै उनले नँया ट्वीटर एकाउन्टबाट उनको एकाउन्ट बन्द गरिएको र पुन: प्रयोग गर्न नसकिने जानकारी सहितको सन्देश पाएको बताए।

蚊を殺害したら前のアカウントが永久凍結されました、これは違反行為でしょうか?

Twitterは徳川綱吉ですか? pic.twitter.com/bNh4pI8pTb

— Sice (@DaydreamMatcha) August 26, 2017

साथै उनले आफ्नो एकाउन्ट बन्द भएपछि यस्तो भने, ‘लामखुट्टे मारेकै मेरो पुरानो एकाउन्ट बन्द गरिएको छ । के यो नियमविपरीत हो ?’ भनि प्रस्न गर्दै उनले पोस्ट हालेका छन् । उनले गरेको ट्वीट ३३ हजार भन्दा बढी पटक ट्वीट भएको छ र २९ हजारभन्दा बढीले लाइक गरेका छन्। साथैअहिले यो चर्चाको बिसय बनेको छ ।

 

प्रकाशित : सोमबार, भदौ २६, २०७४१२:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बलात्कारी बाबाको अर्को ठुलो रहस्य: हनीप्रीतले सुहागरात मनाउदै गर्दा यस्तो गर्थे…