अमेरीकामा मैले देखेको नारीहरुको मुस्कान भित्र खुलेको आत्मविश्वाश र बराबरीको भावना

बबिता थापा, पी.एच.डीको विद्यार्थी, काठमाण्डौ विश्वविद्यालय

काठमाडौँ – केही महिनामा अमेरीकामा रुमलिदा र फिरन्ते हुदाका क्षणहरु पनि मेरा लागि स्मणिय हुन गयो । त्यहाका प्रत्येक जीवनका भोगाइ, गराइसंग को आत्मसात आज एउटा रमाइलो सम्झना बन्न पुगेको छ । भ्रमणको समयमा त्यहा रहेका नेपालीहरुको जीवनबारे आफुले सुनेका कुरालाई यर्थात रुपमा नै केही निहाल्ने अवसर मिलेको थियो ।

बबिता थापा, पी.एच.डीको विद्यार्थी, काठमाण्डौ विश्वविद्यालय

सुनेको थिए, जीवन अति व्यस्त हुन्छ रे, खान बस्न अनि रमाइलो गर्न फुर्सद पनि हुदैन रे, जीवन गधाको झै हुन्छ रे, दिन र रात थाहा नै हुदैन रे आदि आदि । अनि लाग्थो के त्यो वास्तविकता नै होला त । खान बस्न फुर्सद नै नहुने भए नेपालमा भन्दा बढी परिकार र रमाइला गरेका फोटाहरु किन आउथ्यो होलान सामाजिक संजाल, फेसबुकमा । हुन सामाजिक संजालका फोटाहरु केवल एक भ्रम मात्र हुन भन्ने जमात पनि ठूलै छ । जसको मन भित्र जति धेरै पीडा हुन्छ; त्यो त्यती धेरै वाहिरी रुपमा हास्छ भने झै ।
तर जव पुगेँ।  वास्तवमा मानिस अलि कम फुर्सदिला त अवश्य हुदा नै रैछन त्यहा यहा भन्दा । तर भने जत्ति र सुने जत्तिको चै होइन रैछ । विभिन्न अधिकारहरु जस्तै मानव अधिकार, बाल अधिकार, महिला अधिकार परिधि भित्र रहि जीवन जीउन पर्ने हुनाले बच्चा, पारिवारिक जमघट आदिलाई समय मिलाउन अलि हब्बे चै पर्दो रहेछ त्यहा गएका नेपालीहरुलाई तर पनि धेरैले त्यसको व्यवस्थापन गरेको देखियो । हो यी सव कुरा व्यक्तिको कुसलता र दक्षतामा पनि भर पर्छ ।
आफू नारी भएकै कारणले पनि होला मेरो नजर त्यहा भएका नेपाली नारीको जीवन शैली परि नै हाल्ने भयो । जतिलाई देखे, भेटे प्राय सवै आत्मविश्वाशी र खुशी नै थिए झै लाग्यो । सधै अमेरिकाको व्यस्तता र पारिवारिक समय नहुने आदि नकारात्मक टीकाटिप्पणी सुनी रहेका हामीहरुलाई, आज मैल त्यहा देखेका नारीकोको मुस्कान र कारणका चर्चा गरेको र यो केलाइएको पाटो मन पनि नपर्ला । हुन त मेरो छोटो समयको अवलोकनले पनि कसैको भित्रि गुदी नसमेटेको पनि हुन सक्ला तर पनि वाहिरी र छिटो हेराइमा उनीहरुको मुस्कान भित्र लुकेको आत्मविश्वाश, आर्थिक हैसियत र नारी पुरुषको बराबरीको भावना अनि व्यावहारिक तवरबाट पनि परिपालन भएको पाए ।

वास्तविक रुपमा मैले नेपालबाट एकै समयमा अमेरिका लागेका नारीहरु पुरुषहरुको तुलनामा खुशी पाएँ । लाग्थो, उनीहरु हाम्रा यहाका सामाजिक परिवेश, नियम र संस्कारबाट केही स्वतन्त्रता महसुस गरेका छन । महिनावारी हुदा वार्नु पर्ने छुवाछुत, घुम्टो परम्परा उनीहरुको लागि सपना बनी सकेको छन । तर पनि महिनावारीलाई पाप मानी पाप मोचनका लागि गरिने पुजा होस या श्रीमानको दिर्घ आयुका लागि बसीने ब्रत होस, त्यो चै हाम्रो परम्परा कायमै रहोस भनि हो या साथि दिदी बहिनी भेट गर्ने बहानाकाकै लागि भए पनि उनीहरुले संम्रक्षण गरि रहेका छन । तर, खैर यस्ता पुजाको यर्थातता बुझे पछि उनीहरुले पनि क्रमश परिवर्तन हुदै जालान र उनका छोराछोरीका पालामा त यी सब रहला नरहला आफ्नै ठाउमा छ । जे होस, नेपालमा रहदा घरधन्दामा मात्रै व्यस्त नारी, आज अमेरीकामा आर्थिक हैसियत, गाडी, घर र भौतिक सुविधा र परम्परा रुढिरिवाजमा अल्झिन नपरेर अनुहारमा मुस्कान छ । तर यसको तुलनामा पढाइ अनुसारको काम नहुदा, काम खटाइ, घरको काममा सघाउन पर्ने वाध्यता, वच्चाको हेरविचार आदि काममा बराबरी खटीनु पर्दा कतिपय पुरुषहरु अलि खिन्न हुन कि झै लाग्ने । प्रत्येक त्यहा पुगेका नेपालीको घर भित्रको संम्रचना हेर्दा लाग्ने, समानता वा बराबरी छ । न त्यहा पितृसत्ता छ, न त्यहा मातृसत्ता छ । त्यहा, आवश्यकताले व्यवहारिक रुपमा ल्याएको बराबरीको भावना नै नारीको मुस्कानको कारण हो की झै भान हुन्छ । गर्जो टार्न घण्टाको हिसावमा हुने आर्थिक आम्दानीका लागि कुद्नु पर्ने कारण नारीहरुले न श्रीमान, न इष्टमित्र, न सासुसुरालाई लोलोपोतो गर्न भ्याएका छन । यही वाध्यताले गर्दा नै सामाजिक परिवेश र संस्कारबाट स्वतन्त्र भएका छन । मैले भेटेका कतिपय महिला दिदी बहिनीले भन्नु भयो “यहा आनन्द छ , कसैले यो लायो, यो खायो, यसलाई यो मान पुगेन भन्दैन । सवैको चासो लिन भ्याए पो त “ तर पनि सयौको संख्यामा खुलेका नेपालीहरुका संघसंस्थाहरु बीचमा नेपालमा भन्दा अमेरिकामा होडवाजी रैछ ।

अमेरीकामा जीवनको उत्तरार्धमा जाने धेरै जसो नेपालीका लागि गर्जो टार्ने उपाय भनेको घण्टाको हिसावमा कमाइ हुने कामहरु नै हुने रैछ, हुन त ठुला ब्यापार, व्यवसाय, जागिर गर्ने नेपाली पनि आजका दिनमा बढदै गएका छन । ती घण्टाका हिसावले हुने कामका लागि एकजनाको कामले छाक टार्न, घरको भाडा ऋण तिर्न हब्वे नै पर्दो रहेछ जसले गर्दा श्रीमान, श्रीमती र हुर्केका छोराछोरी भए उनीहरुले पनि काम गर्नु पर्ने वाध्यता हुदो रैछ । जसको घरमा जति धेरै काम गर्न सक्ने जनशक्ति छ उसैको गर्जो राम्ररी टर्ने स्थिति अमेरीकामा हुदो रैछ । त्यसैले श्रीमतीले पनि काम गर्नै पर्यो, शुरुमा त्यो वाध्यता पनि हुने रैछ तर पछि त्यही नै महिलाको आत्मविश्वाशको धरोधर पनि हुदो रैछ । यसरी अमेरिका पुगेका नेपाली नारीहरुले घर परिवारको छाक टार्ने कुरामा पनि आर्थिक सहयोगीको हैसियत राखेका छन । अझ, नेपालमा रहदा पुर्ण रुपमा गृहीणीको भुमिकामा रहेका नारीहरुको त जीवनको पाटो नै फरक भएको छ । समान आर्थिक हैसितले ल्याएको समान निर्णायक भूमिका पनि प्रष्ट झल्किन्छ । हरेक कुरामा श्रीमानले श्रीमतीको सल्लाह लिनु पर्ने वाध्यता, किनकी घर होस या गाडी किन्दा सवै ऋणमा किन्नु पर्ने वाध्यता र ऋण तिर्न दुवैको दाहित्व पनि हुने, दुवैको कमाइले तिर्नु पर्ने । नेपालमा विशेष गरि घरपरिवारमा सम्पति जोडदा अझ पनि श्रीमती, बुहारीलाई समावेश नगर्ने चलन छदैछ तर यो भन्दा साह्रै भिन्न वाध्यता र आवश्यकताले ल्याएको अमेरीका पुगेका नेपालीहरुको घर घरमा नारीको घरभित्रको निर्णयमा भुमिका देखिन्छ । पारिवारिक आर्थिक पारदर्शिता पनि प्रष्टै हुने, कसले कति कमायो, कति ऋण तिर्यो, कति खर्च गर्यो छलैङ्गै हुने ।

कतिपय बुबा आमाहरु छोराछोरीलाई भेटन र घुम्न अमेरिका जानु हुन्छ । हुन त नेपालमा घुम्टो हालेकी बुहारीले गर्ने सेवा झै त्यहा सेवा पाउनु भएको छैन तर पनि त्यहाको वाध्यता र आवश्यकता ल्याएको परिवर्तनलाई स्वीकार गर्नु वाहेकका विकल्प नभएरै पनि उहाहरुले समेत स्वीकार गर्नु भएको छ । नेपालमा पनि बुहारीहरु भएकी सासु फर्के पछि परिवर्तित हुनु भएको छ, यहाकी बुहारीलाई गर्ने व्यवहारमा परिवर्तन आएको छ । “आमा नेपाल फर्के पछि कामको प्रशन्सा गर्न थाल्नु भएको छ, करकर कम गर्नु हुन्छ, अलि माया गर्नु थाल्नु भाछ “ एउटी नेपालकी बहिनीले भन्नु भएको । नारीहरुको आत्माविश्वाशसंगै अहम भने कदाचित उब्जनु हुदैन । ठूलालाई सम्मान र सानालाई माया गर्न भुल्नु हुदैन । राम्रा सास्कृतिक र सामाजिक पक्षलाई आत्मसात गर्नु अनि नराम्रा र कुरितिहरु हटाउदै जानु पर्छ । त्यहा पनि नारीले अनेक वाध्यकारी सामाजिक तथा सास्कृतिक संस्कारका नियमवाट आफुलाई केही हद सम्म छुटकरा मिलेको भनि मनका बह मसंग पोखेका थिए ।
आर्थिक हेसियतले, स्तर बढाउला, बढेको स्तरले अन्याय नसहने चेतना पनि ल्याउछ तर यसको विपरित यसले अहम बढाइ दियो भने परिवार विखण्डन होला, भत्किएला । सवै तिर सावधान रहदै त्यो नारीहरुको मुस्कान यसरी नै कायमै रहोस, यसरी नै आत्मविश्वाश वढोस र ब्यावहारिक रुपमा नै महिला र पुरुषको स्थान पनि त्यहा जस्तै यहा पनि समान होस ।सवै चिज परिवर्तनशिल छ, ढीलो चाडो मात्र हो । मानिसकै चोला त परिवर्तनशिल छ । हाम्रा आमा, हजुर आमाको पालामा भन्दा हाम्रा पालामा केही कुरा सजिला भएका छन र कतिपय कुरा अझ हामा्र सन्ततिका पालामा झन सजिलो होलान ।

कतिपय सजिलाले नरामा्र कुरा पनि निम्ताउलान तर कतिपयले वास्तवमा नै जीवन सजिलो पनि बनाइदेलान । अमेरीकामा यहीवाट गएका नेपाली दिदी बहिनीमा देखिएझै अनुहारको हासो, आत्मविश्वाश, आर्थिक उन्नति, हैसियत प्रत्येक गाउ गाउका नेपाली नारीले देख्न पाउन र ब्यावहारिक रुपमा नै भोग्न पाउन । समयको गतिसंगै त्यस्तो परिवर्तन अपरिहार्य छ ।

प्रकाशित : आइतबार, भदौ १८, २०७४१३:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गृहमन्त्री ज्यू ! १५ सय तामाङहरुले गरेको बलिदानको बदला गाई मार्दा जेल जाने हो ?