मन्दिरभित्र पस्नु अगाडी ‘घण्टी’ किन बजाईन्छ ?

काठमाडौँ । मन्दिरमा पुजा गर्न जाँदा भित्र छिर्नु भन्दा पहिले जहिले पनि घण्टी बजाइन्छ । यो सामान्य प्रक्रिया हो तर यसको बैज्ञानि कारण समेत रहेको छ । घण्टी बजाउनुको पनि बिशेष अर्थ छ । ‘हिन्दु’हरूको मन्दिरमा अथवा क्रिश्चियनहरूको चर्चमा राखिने घण्टी कुनै साधारण धातुबाट बनेको हुँदैन। घण्टी बनाउँदा धेरै किसिमका धातुहरूलाई सही मात्रामा मिश्रण गरेर मात्रै बनाइन्छ। क्याडमियम, लिड, कपर, जिङ्क, निकेल, क्रोमियम र म्याङ्गानिजलाई सहि अनुपातमा राखेर सम्मिश्रण बनाइन्छ र उक्त मिश्रणधातुबाटै घण्टीको निर्माण गरिन्छ।

घण्टी बनाउँदा यस्तो किसिमले बनाएको हुन्छ कि त्यो बज्दा भिन्न किसिमको ध्वनीको कम्पन निस्कन्छ, जसले हाम्रो दुवै कानको सुन्ने शक्तिमा एकता ल्याउँदछ र हाम्रो दायाँ(बायाँ दुवै दिमागलाई सन्तुलन ल्याउँदछ । जब घण्टी बजाइन्छ, तब त्यसले एक तीखो तर टिकाउ ध्वनी निकाल्दछ जुन कम्तीमा पनि ७ सेकेण्डसम्म बजिरहन्छ, यसले मानिसको शरीरमा हुने सात वटै ‘हिलिङ्ग सेन्टर‘ (ज्भबष्लिन ऋभलतभच) लाई स्पर्श गर्दछ र शरीरमा छुट्टै किसिमको स्फुर्ती ल्याउँदछ। अनि जब तपाईँले घण्टीको ध्वनी सुन्नुहुन्छ तब तपाईँको दिमागमा भएको सबै नचाहिने कुराहरू हट्दछ र चिन्तामुक्त मन हुन्छ ।

प्रकाशित : मङ्गलबार, भदौ १३, २०७४१७:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

१३ महिनापछि बृहस्पतिले आफ्नो राशि बदल्दै, यी राशि हुने यस्तो खतरा ! अन्यलाई भने फईदा