माल्दिभ्स बिरुद्ध नेपालको गोलको वर्षा, साफ यू–१५ को सेमिफाइनलमा प्रवेश

[sharethis-inline-buttons]
Leaderboard Banner

साफ यू–१५ च्याम्पियनसिप फुटबलमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । एन्फा कम्प्लेक्समा आज सम्पन्न खेलमा माल्दिभ्समाथि ६–० को फराकिलो जितसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालको जितमा ब्रिजेश चौधरीले २ गोल गोल गर्नुभयो । त्यस्तै, दर्शन गुरूङ, रोशन दोङ, रोशन रानामगर र आकाश बुढामगरले समान १–१ गोल गर्नुभयो सुरुवाती समयदेखि नै आक्रामक खेलेको नेपालले पहिलो हाफमा ४–० ले लिड गरेको थियो ।

नेपालले खेलको १४औं, २२ औं, ३८ औं र पहिलो हाफको अतिरिक्त समयमा गोल गरेको थियो । दोस्रो हाफमा पनि उत्कृष्ट प्रदर्शन गर्दै नेपालले थप २ गोल गर्न सफल भयो । खेलको ४७ औं र ७३ औं मिनेटमा नेपालले गोल गर्दै ६–० को जित निकालेको थियो । खेलको ८४ औं मिनेटमा नेपालका रोशन दोङ दोहोरो पहेलो कार्ड खाँदै बाहिरिनु भएको थियो ।

आजको नतिजासँगै समूह बीमा भारत शीर्ष स्थानमा छ । समान अंक भएको नेपाल गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । दुबै खेल फराकिलो अन्तरमा गुमाएको माल्दिभ्स शून्य अंकसहित पुछारमा छ । अब नेपाल र भारत समूह विजेता र उपविजेताका लागि भिड्नेछन् ।

प्रकाशित : सोमबार, भदौ ०५, २०७४१७:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

काठमाडौँमा भूकम्पको धक्का महसुस