अग्रगामी संस्कृति ः एक बहस

निर्मल भट्टराई

कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सले सूत्रबद्ध गरेको द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवादी सिद्धान्तलाई स्वीकार गर्दै जीवन र जगतलाई हेर्ने कुरा प्रत्येक बाम कार्यकर्ताको प्रारम्भिक स्वीकृति हो । यसमा बहस गर्नु एउटा कुरा हो, यसलाई व्यवहारमा उतार्नु अर्कै कुरा हो ।

हजारौं वर्ष अगाडिदेखि अस्तित्वमा रहेको अध्यात्मवादीदृष्टिकोण बोकेर अगाडि बढिरहेको सन्दर्भमा विकसित यो विश्व दृष्टिकोणले संसारमा ल्याएको परिवर्तनलाई आत्मसात गर्दै आफ्नो जीवनलाई समेत सोही अनुरुप परिवर्तन गर्नु अग्रगामीहरुको आम चरित्रभित्र पर्दछ । एउटा विशिष्ट चेतनाले पदार्थको सृष्टि गरेको मान्यता राख्ने अध्यात्मवादले त्यस्ता विशिष्ट चेतनाको पूजक बनायो र हजारौं लाखौं मानिसहरुलाई केही मुट्ठीभर शाषकहरुको दास बनाउने प्रयत्न गर्यो ।

एउटा विशिष्ट चेतनाले पदार्थको सृष्टि गरेको मान्यता राख्ने अध्यात्मवादले त्यस्ता विशिष्ट चेतनाको पूजक बनायो र हजारौं लाखौं मानिसहरुलाई केही मुट्ठीभर शाषकहरुको दास बनाउने प्रयत्न गर्यो ।

यसको ठीक विपरीत भौतिकवादी दृष्टिकोणले पदार्थको सबभन्दा विकसित मष्तिष्कको गुणको रुपमा चेतनालाई परिभाषित गर्यो । चेतनालाई कुनै अलौकिक विषयवस्तु नभएर पदार्थको गुणको रुपमा परिभाषित गरियो । तर भौतिकवादी दृष्टिकोणका अनुयायी भएर अध्यात्मवादी संस्कारलाई पछ्याउने वाम शीर्षनेतादेखि कार्यकर्तासम्म चलन हटेको देखिंदैन । भौतिकवादी दृष्टिकोणलाई केबल भाषण गर्ने विषयवस्तु बनाउने तर पुरानै बनिबनाउ हिन्दु व्यवहारको अवलम्बन गर्ने चलन चल्दै आएको छ ।  

हजारौं वर्ष अगाडिदेखि अस्तित्वमा रहेको  मानवीयता, आत्मीयता, दयाभाव, करुणा अध्यात्मवादका अंग होइनन्, बरु तिनीहरु मानव चेतनाका अंगहरु हुन् । मानव चेतना नै भौतिक वस्तुको उपज भए पछि जीवनलाई अलौकिकता र रहस्यसँग जोडेर बुझ्ने पुरानो तरिकामा आमूल सुधार  अावश्यक भयो । भौतिकवादले मानवीयता, आत्मीयता, करुणाजस्ता पक्षलाई वास्ता गर्दैन भन्नु पनि दृष्टिकोणको दिवालियापन बाहेक केही हुन सक्दैन । दृष्टिकोणमा परिवर्तन नभएसम्म सामाजिक रुपान्तरणका मुद्धालाई अघि बढाउन कठिन हुने मात्र होइन, कहिलेकाहीं अवरोध सिर्जना हुने खतरा समेत उत्पन्न हुन्छ ।
मानव जीवनकाे सबैभन्दा महत्वपूर्ण पक्ष विचार हो । एक जना चिनीयाँ दार्शनिकले विचारलाई उच्च प्राथमिकता दिंदै भनेका छन् “आफ्नो विचारको ख्याल गर, किनभने ती शब्द बन्दछन्, शब्दहरुको ख्याल गर किनभने ती कार्य बन्दछन्, कार्यहरुको ख्याल  गर किनभने ती बानी बन्दछन्, बानीहरुको ख्याल गर किनभने ती चरित्र बन्दछन् , चरित्रहरुको ख्याल गर किनभने ती भाग्य बन्दछन् र भाग्य नै तिम्रो जीवन हुनेछ ।”
एक जना चिनीयाँ दार्शनिकले विचारलाई उच्च प्राथमिकता दिंदै भनेका छन् “आफ्नो विचारको ख्याल गर, किनभने ती शब्द बन्दछन्, शब्दहरुको ख्याल गर किनभने ती कार्य बन्दछन्, कार्यहरुको ख्याल  गर किनभने ती बानी बन्दछन्, बानीहरुको ख्याल गर किनभने ती चरित्र बन्दछन् , चरित्रहरुको ख्याल गर किनभने ती भाग्य बन्दछन् र भाग्य नै तिम्रो जीवन हुनेछ ।”
माओत्से तुङले सिद्धान्त र व्यवहारको सम्बन्धलाई प्रष्ट पार्दै भनेका छन् “सिद्धान्त विनाको व्यवहार अराजक हुन्छ, व्यवहार विनाको सिद्धान्त लङ्गडो हुन्छ ।” यी भनाईमा फरक मत राख्ने ठाउँ छैन । द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणलाई आफ्नो जीवनको मार्गदर्शक सिद्धान्त बनाउनेले त्यसको ठीक विपरीत कित्तामा रहेको अध्यात्मवादी व्यवहार गर्न सुहाउँदैन ।
सिद्धान्तमा भौतिकवादी र व्यवहारमा अध्यात्मवादी बन्दा दोहोरो चरित्र देखिन्छ । सकेसम्म यस्ता विषयमा प्रगतिशील व्यक्तिहररूको सन्तुलित व्यवहार अपेक्षित छ । तर समाजमा गरिने धार्मिक शिष्टाचार र लोकाचार छुट्टै विषय हुन् । संस्कृतिलाई अर्थनीति र राजनीतिको प्रतिविम्बको रुपमा परिभाषित गरिएको छ ।
राजनीति र अर्थनीति चाँडै परिवर्तन हुन्छ तर संस्कृतिको परिवर्तन अत्यन्त मन्द गतिमा । याे यथार्थलाई हेर्ने हो भने नेपालमा भएको राजनीतिक–आर्थिक परिवर्तनसँगै सांस्कृतिक परिवर्तनको अपेक्षा राख्नु हतार हुनेछ । सांस्कृतिक परिवर्तन व्यक्तिमा आउने परिवर्तनको समुच्चय भएकोले नयाँ सस्कृतिको निर्माण गर्न हामीले विशेष कार्ययोजना निर्माण गरी पहलकदमी गर्नु पर्ने आवश्यकता छ । परिवर्तित सन्दर्भमा ज्ञान र भावको सम्प्रेषण गर्नु नेतृत्वको दायित्वभित्र पर्दछ । सयौं वर्ष पहिले राजा महाराजाहरुले आफ्नो स्वार्थ वा मनोरञ्जनको निमित्त सुरु गरिएका कतिपय संस्कृतिहरूको समय सापेक्ष परिवर्तन गर्न व्यक्तिगत एवं राजकीय हस्तक्षेप आवश्यक छ ।
समृद्ध समाजवादी राज्य व्यवस्था र उत्पादन सम्बन्ध निर्माण गर्न सामन्ती संस्कृति बाधक हुने निश्चित प्रायः छ । नेपालका वाम शक्तिले सांस्कृतिक परिवर्तनका विशेष नमूनाहरु देखाउनु र जनतालाई अभिप्रेरित गर्नु ढिला भइसकेको छ । विगतका शासन व्यवस्थाले जनजिब्रोमा पुर्याइदिएका विभिन्न शब्दावलीहररूको नयाँ शासन व्यवस्थामा समेत प्रचुर मात्रामा प्रयोग भइरहेको छ ।
एउटा कम्युनिष्ट पार्टीका स्थानीय नेताले दोस्रो संविधानसभाको निर्वाचनमा भाषण गरे “नेपाल अधिराज्यमा स्थापित संघीय लोकतान्त्रि गणतन्त्रलाई संस्थागत गर्न अग्रगामी संविधानको आवश्यकता भएकोले सो आवश्यकता पूरा गर्न हाम्रो पार्टी विजयी हुनु आवश्यक छ ।” ती नेतालाई अधिराज्य र गणतन्त्र छुट्टै शासन व्यवस्था हुन् भन्ने हेक्का भएन । कुनै दिन विशेष समय लिएर सांसदले भाषण गर्दा “संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भइसकेकोले अब नेपाल अधिराज्यको तीब्र आर्थिक संवृद्धि र विकास संभव छ” भनेमा आश्चर्य हुने छैन ।
नेपालबाट राजतन्त्रको अन्त्य भइसकेपछि आइबक्स्यो, ज्युनार गरिबक्स्यो जस्ता अति आदरार्थी शब्दहरु नेपाली शब्दकोषबाट हटाइयो, पाठ्यक्रमबाट हटाइयो । तर, ती शब्दहरु आज नेताहररूको चाकडी गर्न धेरैले प्रयोग गरिरहेकै छन् । नेताहरु पनि आफूप्रति प्रयोग गरिएका यस्ता शब्दावलीबाट प्रफुल्लित नै देखिन्छन् । २०६२ /०६३ को जनआन्दोलनमा सडकमा गणतन्त्रको चर्को नारा लगाउने स्थानीय कम्युनिष्ट नेता कार्यकर्ताले खाना खाने बखत अप्सानी हाल्दा, “भूपतये स्वाहाः, भूवनपतये स्वाहाः” भने होलान् । राजा हटाउने अनि उनैलाई सम्झेर खाना चढाउने !
नयाँ शासन व्यवस्था अनुरुपको भाषिक परिवर्तन आजको आवश्यकता हो । वाम आन्दोलनले यो असंगतिलाई हटाउन पहल गर्नु आवश्यक छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालले मरेपछि स्वर्ग जाइन्छ भन्ने जीवनभर कहिल्यै सोचेनन् तर उनीमरेपछि स्वर्गीय पुष्पलाल भनेर भन्न थालियो । हामीसँग भाषा त्यस्तै थियो, त्यसै गरियो । यसमा मात्र असंगति के हो भने आत्मा र स्वर्ग भौतिकवादी शब्दकोषमा पर्दैनन् । आत्मामा, ईश्वरमा र कुनै धर्ममा खुलेर विस्वास गर्न पाइन्छ । लोकतन्त्रले यसमा कसैलाई रोकतोक गर्दैन । तर भनाई र गराईमा तालमेल नभए नेता कार्यकर्ताप्रति जनताको विश्वासको पारो घट्छ भन्ने आशय हो ।
नयाँ शासन व्यवस्था अनुरुपको भाषिक परिवर्तन आजको आवश्यकता हो । वाम आन्दोलनले यो असंगतिलाई हटाउन पहल गर्नु आवश्यक छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालले मरेपछि स्वर्ग जाइन्छ भन्ने जीवनभर कहिल्यै सोचेनन् तर उनीमरेपछि स्वर्गीय पुष्पलाल भनेर भन्न थालियो । हामीसँग भाषा त्यस्तै थियो, त्यसै गरियो

नेतृत्वको सांस्कृतिक, भाषिक व्यवहार समाजले अनुशरण गर्न योग्य हुनु त्यत्तिकै आवश्यक छ । देशभर सञ्चालन हुने सांस्कृतिक चाडपर्व, रीतिरिवाज र संस्कारका वैज्ञानिक पक्षहरु र परिवर्तित सन्दर्भमाअसान्दर्भिक पक्षहरुलाई केलाएर असान्दर्भिक र अव्यवहारिक पक्षलाई हटाउने साहस सामाजिक रुपान्तरणका अभियन्ताहरुले गर्न सक्नु पर्दछ । नेपालमा समाजवादउन्मुख लोकतान्त्रिक शासन व्यवस्थासगैं नयाँ संस्कृति निर्माण हुनु अति जरुरी भइसकेको छ । नेतालाई देवत्वकरण नगर्ने, सबैको उचित सम्मान गर्ने, जनतालाई मालिक ठान्ने, सार्वजनिक जीवनमा भड्किलोपन नदेखाउनेजस्ता व्यवहारले नयाँ संकृतिको शुरुवात गर्न सक्दछन् ।

प्रकाशित : बुधबार, साउन ३२, २०७४१८:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भारतको निहित स्वार्थको कठपुतली नेपाल: बाढी प्रकोपले जनजीवन कष्टकर