सधैँ तातो पोल्ने पानी बग्छ यो नदीमा: छोएमा हुन्छ यस्तो अनर्थ !

एजेन्सी – संसारभर त्यस्ता धेरै खालका खोला, ताल/तलैया नदी, तथा झरनाहरू छन्, जसका आ-आफनै भिन्न भिन्न गुण या बिशेषता रहेका छन्।

यहाँ हामी दक्षिण अमेरिकाको अमेजन बेसिनमा रहेको एक प्रसिद्ध नदीका बारेमा चर्चा गर्दैछौं । यो नदीको पानी प्रत्येक मौसममा तातो रहन्छ । प्राकृतिक रूपमा नै उम्लेको पानी हेर्न यहाँ धेरै पर्यटकहरू आउँछन् ।यहाँको पानी अत्यधिक तातो हुनाले हातै डढ्ने सम्भावना पनि रहन्छ । नदी आन्द्रेस रुजो नामक व्यक्तिले पत्ता लगाएका हुन् । यसको लम्बाइ ६.४ किमि, चौडाइ ८२ फीट र गहिराइ २० फीट छ । झुक्किएर हातले छोइयो भने पनि अनर्थ हुन्छ ।

बोइलिङ रिभरको वरिपरि बाफ मात्र देखिन्छ । यस्तो तातो पानीको भित्री लेयरमा ज्वालामुखी छ कि भन्ने अनुमान गरिएको छ ।यो अनौठो नदीको अवलोकन गर्न विश्वभारबाट मानिसहरुको भिड यहाँ लागिरहन्छ।

प्रकाशित : शनिबार, साउन २८, २०७४१७:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कसले काटेका थिए त युवतीको चुल्ठो ? भयो रहस्यमयी खुलासा