९१ वर्षीया हजुरआमाले पाइन् विश्वविद्यालयको डिग्री !

एजेन्सी – थाइल्याण्डकी ९१ वर्षीया महिलाले १० वर्षको मिहिनेतपछि स्नातक तह पूरा गरी पढ्नको लागी कुनै उमेर हुँदैन भन्ने कुराको पुष्टि गरेकी छिन ।

किमलान जिनाकुल नामक ९१ बर्षीय बृद्ध महिलालाई विश्वविद्यालय गएर पढ्ने ठूलो इच्छा थियो । तर, युवा अवस्थामा उनले कहिले पनि उनले त्यो मौका पाइनन् तर अहिले आफ्ना छोरा छोरीहरुले विश्वविद्यालय डिग्री हासिल गरेको वर्षौँ पछि उनले आँफै डिग्री हासिल गर्न सफल भएकी छिन् । उत्तरी थाइल्याण्डको लामपाङ प्रान्तकी वासिन्दा किमलान स्कूल पढ्दा निकै प्रतिभाशाली विद्यार्थी मानिन्थिन् । प्रान्तको उत्कृष्ट मानिने विद्यालयमा अध्ययन गरेकी उनले विश्वविद्यालय भने पढ्न पाइनन् । उनी आफु पढ्न नपाएका कारण भन्थिन,‘म आफ्ना छोराछोरीहरुले पढ्न पाउन् भन्ने चाहन्थे । त्यही भएर मैले उनीहरुलाई विश्वविद्यालय पढ्न हौसला र समर्थन दिए । ‘

उनकी एक छोरी अस्पतालमा काम गर्थिन् । त्यही बेला उनी सुकोथाई थामाथिराट खुला विश्वविद्यालयमा भर्ना भइन् । छोरीसँगै किमलानले पनि विश्वविद्यालयमा भर्ना हुने निधो गरिन् । उनका पाँचमध्ये चार सन्तानले स्नातक डिग्री हासिल गरिसकेका छन् । पछि छोराछोरीहरुको कारणले नै उनले विश्वविद्यालयमा पढ्ने अवसर पाइन् । ७२ वर्षको उमेरमा उनी भर्ना त भइन् तर एक जना छोरीको निधन भएको कारणले उनले बीचमै पढाई छाड्नु पर्यो । त्यसपछि ८५ बर्ष हुँदा उनले ह्युमन इकोलोजीमा डिग्री हासिल गर्न दोस्रो प्रयास शुरु गरिन् र त्यसमा उनि सफल भइन् ।

उनी सफल भएपछी भन्छिन्, ‘म एक पटकमा एउटा अध्याय पढ्ने गर्थे । महत्वपूर्ण बुँदाहरुलाई रेखांकन गर्थे जसलाई म सम्झिन्थे र यसले नै मलाई पढ्न सहयोग गर्यो ।’ उनले भनिन्, ‘पास हुँदा खुसी हुन्थे र फेल हुँदा दुःखी । तर, हार भनेर कहिल्यै खाइँन । पास नभएसम्म परिक्षा दिइरहैँ ।’

उनले डिग्री पाएपछि कुनै काम नपाए पनि आफु ढुक्क भएको र अब नातानातिनीहरुको ख्याल गर्ने प्रतिक्रिया दिईन ।

प्रकाशित : बिहिबार, साउन २६, २०७४१५:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

१०६ वर्ष पछि जस्ताको तस्तै निकालियो यो केक