मालिकले भनेअनुसारको लक्ष्य मुरा नभएपछी कर्मचारीलाई खुवाइयो ट्वाइलेटको पानी (भिडियो)

एजेन्सी– कम्पनीमा धेरै प्रकारका कामहरु दिईन्छन । काम अनुसारका तलब पनि दिईन्छन । त्यसैले तपाईले पनि कम्पनीको उदेश्य र काम अनुसारनै नै काम गर्नुहुन्छ । काम नै त हो कहिले सफलता मिल्छ कहिले मिल्दैन । तर एक मालिकले त अत्याचार नै गरेका छन् ।

चीनमा रहेको एक कम्पनीका मालिकले लक्ष्य प्राप्तिका लागि सोचेजस्तो काम नगरेको भन्दै १ महिला र १ पुरुष कर्मचारीमाथि घिनलाग्दो व्यवहार गरेका छन् । लक्ष्य पुरा नभएका कारण कम्पनीका मालिकले दुई जना कर्मचारीलाई ट्वाइलेटको पानी खान बाध्य पारेका छन् । अचेलभारी यहि भिडियो चिनियाँ सामाजिक संजालमा भाइरल भैरहेको छ । उक्त भिडियोमा दुई कर्मचारीले फ्लसमा रहेको पानी खाइरहेको देखाइएको छ । यो गर्न उनीहरुको मालिकले उनीहरुलाई बाध्य पारिएको बताइएको छ ।

उनीहरुले यसो नगरेको भए जागिरबाट निकालिने धम्की समेत पाएका थिए । उक्त पानी खाएपछि उनीहरुलाई पखाला लागेको मिडिया रिपोर्टमा उल्लेख छ । यस भिडियो कम्पनीकै एक कर्मचारीले “वी च्याट”मा हालेको बताइएको छ । अहिले पुलिसद्वारा उक्त कसको छानबिन भैरहेको बताइएको छ ।

भिडियो:

https://youtu.be/CYB3chlxX7s

प्रकाशित : सोमबार, साउन २३, २०७४१६:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जागिर नछोडेको भन्दै श्रीमानले आफ्नै श्रीमतीको टाउको काटीदिए