१०१ बर्षीय वृद्ध महिला बनिन् १७ औं बच्चाको आमा

एजेन्सी- महिलाहरुले सामान्यता १५-५९ वर्षको उमेरको बिचमा बच्चा जन्माउन सक्छन । महिलाहरुको प्रजनन शक्ति हुने पनि यहि उमेर बिचमा हो । त्यसैले महिलाहरुको बच्चा जन्माउने समयको पनि सिमा हुन्छ तर इटालीमा बस्ने एक १०१ बर्षिया बृद्धले भने यस कुरालाई गलत पुष्टि गर्दीइन ।

उक्त १०१ बर्षीय बृद्ध महिलाले आफ्नो १७ औं बच्चालाई जन्म दिएर संसार र बिज्ञान दुबैलाई आश्चर्यचकित पारिदिएकी छन् । यस कुराबाट यो पनि पुष्टि हुन्छ कि महिलामा प्रजनन क्षमताको लागि कुनै उमेर समूह हुदैन । उक्त बृद्ध महिलाले ९ पाउन्डको बच्चालाई जन्म दिएकी छिन । यस खबर पछि चिकित्सा जगतको नराम्रो आलोचना पनि भयो । तर यस कुराको वास्तविकता भने अर्कै छ । वास्तबमा ति महिलाले पाको उमेरमा अण्डाशय प्रत्यारोपण गरेकी रहेछिन । उनको प्रत्यारोपण एक निजि क्लिनिकमा भएको बाइएको छ । प्रत्यारोपण अप्रेसन पश्चात् विभिन्न विवादहरु उठे पनि बच्चा जन्मन भने सफल रह्यो किनभने युरोपियन कानुनअनुसार यस्ता कुरा अवैध मानिन्छन ।

१०१ बर्षीय उक्त बृद्ध महिला आफ्नो १७ औं बच्चा ‘फ्रान्सिस्को’ को जन्मलाई भगवानको आशिर्वाद मान्छिन । उनको १६ औं बच्चा हुँदा उनि जम्मा ४८ बर्षकि थिइन् तर पछि अण्डाशय क्यन्सरको कारण उनि पिडित थिइन् । तर अहिले नयाँ बच्चाको आगमन सहित उनि खुशी छिन ।

 

प्रकाशित : बुधबार, साउन १८, २०७४१५:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

फोटो प्रतियोगिताका लागि उत्कृष्ट केहि तस्वीरहरु (फोटो फिचर्स)