यस्तो अनौठो ठाउँ जहाँ सबै रुखहरु यसरी मोडिएका छन्, अहिले सम्म खुल्न सकेको छैन रहस्य

एजेन्सी- यस संसारमा अहिलेसम्म धेरै रहस्यहरु बाहिर निक्लेका छैनन् । यस्तै एउटा अर्को रहस्य छ पोल्याण्डको क्रुक्ड फरेस्ट जहाँ लगभग ४०० रुखहरु ९० डिग्री कोणमा मोडिएको छ । यी रुखहरु किन मोडिएको भन्ने कुराको कारण विभिन्न मानिसहरुले विभिन्न सिद्दान्तहरु त निकालेका छन् तर कुनै पनि सिद्दान्त प्रमाणित भने हुन सकेको छैन ।

उक्त अनौठो जंगल पोल्याण्डको नोभो सजारनोभो नामक गाउँको नजिकै छ । यहाँ लगभग ४०० रुखहरु छन् । यी रुखहरुलाई दोश्रो बिश्वयुद्धको शुरुवात हुनु अघि रोपिएको बताइएको छ । यहाँ भएका सबै रुखहरु ९० डिग्री कोणमा बाँगीएका छन् । यसमा पनि अझ बिचित्रको कुरा त के छ भने यहाँ रहेको सबै रुखहरु उत्तर फर्केका छन् । यसलाई लिएर विभिन्न सिद्दान्तहरु आएका छन् । कोहि मानिसहरु यो अरु कुनै ग्रह बाट आएका एलियन्सहरुले गरेको बताउँछन् भने कोहि उक्त ठाउँमा भएको अधिक गुरुत्वाकर्षण बलले हो भन्ने गरेका छन् । यहाँ रुखहरु रोपेको केहि समय पछि नै विश्वयुद्ध शुरु भएको थियो । केही मानिसहरू विश्वयुद्धको समयमा यस रुखहरु हुदैं गएका ट्यांकहरुको कारणले यस्तो भएको पनि बिश्वास गर्छन ।

धेरै जसो मानिसहरुको सोचाई छ कि त्यहाँको स्थानिय निवासीहरुले फर्निचर बनाउन यी रुखहरुलाई बिशेष उपायगरी मोडेका थिए । तर बिश्वयुद्धको कारण फर्निचरको लागी उक्त रुखहरुको प्रयोग हुन नपाएपछि त्यत्तिकै छोडिएको हो ।

तर जति पनि सिद्दान्त विभिन्न मानिसहरुबाट आएपनि कुनैको पनि पुष्टि भने हुन सकेको छैन ।

 

प्रकाशित : आइतबार, साउन १५, २०७४१५:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी युवतीले प्रेमीलाई पठाउन खोजेको आफ्नो नग्न तस्बीर बाबुलाई पठाएपछि….