दाईले पाउनुपर्ने सजाय बहिनीले भोग्न बाध्य, परिवार सामू नै बलात्कार

एजेन्सी, संसारमा यस्तो घटना घट्ने गर्छ जुन सुनेर जो कोहीलाई पनि अपत्यारिलो लाग्न सक्छ। तर यस्तै अपत्यारिलो घटना घटेको छ पाकिस्तानको पञ्जाव प्रान्तस्थित राजपुर गाउँमा । त्यहा एक १६ वर्षीय युवतीले बिना गल्तिको सजाय भोग्न बाध्य भएकी छिन् । राजपुरको पञ्चायतले बलात्कारको बदलामा बलात्कार नै गर्ने घटना सार्वजनिक गरेको छ ।पाकिस्तानका धेरै ग्रामिण इलाकामा पञ्चायतको आदेश पालना गर्ने प्रचलन नै रही आएको छ ।

अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार राजपुर गाउँमा पञ्चायतको आदेश अनुसार एक १६ वर्षीय किशोरीलाई उनकै परिवारका सामू बलात्कार गरिएको घटना सार्वजनिक भएको छ । पिडित युवतीले आफ्नो दाईले पाउनुपर्ने सजाय उनले भोग्न बाध्य भएकी थिइन्। उनको दाईले छिमेकी एक किशोरीलाई बलात्कार गरेका थिए। मुल्तान मण्डलका प्रहरी प्रमुख अहसान युनिसले १८ जुलाईमा भएको यो घटनाका बारेमा प्रहरीले हालसम्म बलात्कारको आदेश दिने पञ्चायतका प्रमुखसहित २० जनालाई गिरफ्तार गरिएको उनले बताएको छ  ।

प्रकाशित : बिहिबार, साउन १२, २०७४१२:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हिटलर देखि अल्बर्ट आइन्स्टाइनसम्मका केहि ऐतिहासिक तस्बिरहरु (फोटो फिचर्स)