बच्चाहरुलाई उपहार दिनु पहिले यी कुराहरु जानिराखौं र यस्तो गल्ति नगरौं

एजेन्सी- बच्चाहरु उपहारको शौखिन हुन्छन। बच्चाहरु जन्मदिन होस् वा अरु कुनै चाडपर्व, उनीहरु आफ्नो आमाबुबा या नातेदारहरुबाट उपहार पाउने आश गरिरहेका हुन्छन। बजारमा बच्चाहरुलाई दिने हुप्रै उपहारहरु राखिएका हुन्छन। यस्ता उपहारहरु राम्रा पनि हुन सक्छन भने कुनै खतरनाक पनि। यस्तो बेलामा साना बच्चाहरुलाई उपहार दिनु पहिले उपहारले बच्चामाथि गर्ने असरहरुको बारेमा सोच्नुपर्ने हुन्छ।

यदि तपाइँ आफ्नो बच्चाहरुलाई उपहारको कारणले केहि नारात्मक असर नपरोस भन्ने चाहनु हुन्छ भने यी कुरा सकेसम्म नदिनुहोस-

१. जो कोहि आमाबुवा या नातेदारहरु पनि बच्चालाई दिन खेलौनानै सोच्ने गर्छन। धेरैजसो बच्चाहरु खेलौनालाई मुखमा हाल्ने गर्छन। यस्तो बेलामा तपाइँ यो कुरा सुनिस्चित गर्नुहोस् कि तपाइँले जे कुरा आफ्नो बच्चालाई दिंदै हुनुहुन्छ, त्यस कुरामा कुनैपनि हानिकारक रसायन मिसिएको नहोस। अनि अर्को कुरा बच्चाहरुलाई कहिले पनि सानो खेलौना दिने गल्ति नगर्नुहोस किनभने यस्ता साना खेलौनाहरू बच्चाहरुले सजिलै निल्न सक्छन।

२. बच्चाहरुलाई कहिल्यै एकदमै सस्तो खेलौना नदिनुहोस किनभने यस्तो खेलौनाहरुमा गरिएको रंग राम्रोसंग लागेको हुदैन र पछि खेलौनाको रंग बिस्तारै निस्किन लाग्छ जुन बच्चाहरुको लागि एकदमै हानिकारक हो।

३. धेरैजसो मानिसहरुले बच्चाहरुलाई उपहार दिन जाँदा कपडाहरु सोच्ने गर्छन र उनीहरु जस्तो मन लाग्यो त्यस्तो कपडा उपहारश्वोरूप दिन्छन तर यो ठिक हैन किनभने बच्चाहरु आ-आफ्नो हिसाबको कपडा लगाउन चाहेका हुन्छन। त्यसैले बच्चाहरुलाई सकेसम्म कपडा नदिनुहोला।

४. बच्चाहरुलाई जुत्ता तथा स्यान्डल उपहार दिने योजना पनि राम्रो होइन। यसो गरेमा पहिलो समस्या त जुत्ता र खुट्टाको साइजमा हुन्छ भने अर्को समस्या बच्चाहरुलाई अरुले दिएको जुत्ताको शैली मन नपरेको पनि हुन सक्छ।

प्रकाशित : मङ्गलबार, साउन १०, २०७४१३:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी ४ वर्षीय बालक आफैले पुनर्जन्म पाएको भन्दै यस्तो सनसनीपूर्ण खुलासा गरेपछि…