हेल्मेट लगाएर किन काम गर्छन यी सरकारी कर्मचारीहरु? यस्तो छ रहस्य

एजेन्सी- सवारी साधन चलाउने र भौतिक निर्माण कर्मचारीहरुले हेल्मेट लगाउनु अनिवार्य हो। तर के तपाइँलाइ थाहा छ कि एउटा यस्तो सरकारी कार्यालय छ जहाँ अफिसभित्र काम गर्दा समेत कर्मचारीहरुले हेलमेट लगाउँछन् ।

यस्तो सरकारी कार्यालय हाम्रै छिमेकी देश भारतको बिहारमा रहेको पुर्व चम्पारन नामक ठाउँमा रहेको छ। यहाँ काम गर्ने हरेक कर्मचारीले हेल्मेट लगाउने गर्छन। तर वास्तबमा यस्तो गर्नुको कारण कुनै रौस या हेल्मेट प्रतिको लगावले हैन, बाध्यताले गर्दा हो। उनीहरुको बाध्यताको कारण उक्त कार्यालय भवनको स्थिति हो। सरकारी कर्मचारीहरुले दैनिक काम गर्ने उक्त भवन जिर्ण अवस्थामा छ। उक्त भवनमा जतिखेर जेसुकै पनि हुन सक्ने कारणले उनीहरु आफुलाई जोगाउन हेल्मेट लगाउन बाध्य छन्। त्यहाँ कर्मचारी मात्र नभई आउने सेवाग्राहीहरु पनि हेल्मेट लगाएर कार्यालय जाने गर्छन। उक्त सरकारी भवन जतिखेर पनि लड्न सक्छ।

सरकारी कर्मचारी दिनहुँ काम गर्ने उक्त कार्यालय जिल्ला हेडक्वार्टर भन्दा ३० किलोमिटर टाढा छ।कार्यलाय भवन छ कि भवनका सबै प्लास्टरहरु निस्किसकेका छन् र भवन थुप्रै ठाउँमा चर्केको छ। त्यहाँको भवन निर्माण विभागले पनि उक्त भवनलाई अयोग्य ठहर्याई सकेको छ। सरोकारवाला हरुले चासो नदेखाएपछि यस्तो भएको हुन सक्ने अनुमान गरिएको छ।

 

प्रकाशित : आइतबार, साउन ०८, २०७४१५:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आफ्नै छोरा अगाडी यी महिलाले गरिन् यस्तो हर्कत